चैत्र ७, २०८२ शनिबार | २१:०३:५८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

ट्रान्स हिमालय एड्भेन्चर सम्पन्न

पोखरा । मोटरसाइकल टुरिङ र रेसिङ अर्थात ट्रान्स हिमालय एड्भेन्चर पोखरा आएर समापन भएको छ । गत सोमबार काठमाडौंबाट हिँडेको राइडरहरूको टोली पोखरा, बेनी हुँदै मुक्तिनाथबाट फेरि बेनी हुँदै पोखरा पुगेका हुन् ।

पोखरामा आयोजना भइरहेको मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ मा आएर राइड समापन भयो ।

 उक्त राइड अन्तर्गत  मुक्तिनाथ नजिकै ३ हजार ५० मिटर उचाईमा रहेको सेल्फी डाँडामा टाइम ट्रेल च्यालेन्ज मोटोखाना बाइक रेस प्रतियोगिता भएको थियो । 

सो प्रतियोगितामा विजयी ऋषभ शर्मा र अनुष्का शर्मालाई पोखरामा पुरस्कृत गरिएको छ । त्यसैगरी सहभागी सबै राइडरहरुलाई समेत प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरियो ।

सो प्रतियोगितामा ऋषभ शर्मा र अनुष्का शर्माका साथै अपूर्व बैकडी, शान्त हरि आचार्य, सरोज महर्जन, सञ्जित राम श्रेष्ठ, रौनक अधिकारी, ईश्वर वल्ल्भ उप्रेती, दिपेन्द्र कुमार खड्का र सुनिल श्रेष्ठ, सहभागी भएका थिए ।

उनीहरूलाई नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सदस्यद्वय प्रमोद श्रेष्ठ ‘गुफी’ र आशिष रौनियारबाट पुरस्कृत गरे ।

ट्रान्स–हिमालय एड्भेन्चर अन्तर्गत सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप समेत आयोजना गरिएको छ । राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी भएका  थिए  ।   विजेतालाई केही समय पछि पुरस्कृत गरिने बताइएको छ ।

सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने आयेजना गरिएको राइडमा अन्य विभिन्न कार्यक्रम पनि गरिएको थियो । राष्ट्रिय खेलकद परिषद् (राखेप),अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन र गण्डकी अटोमोबाइल्स एसोसिएसनको सहयोगमा यो कार्यक्रम आयोजना भएको हो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो