काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टोली मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ ।
जारी सिजनको अन्तिम खेलमा शुक्रबार लखनउ सुपर जाइन्ट्सविरुद्ध स्लो ओभर रेटिङका कारण कारवाही गरिएको हो ।
जारी सिजन टोलीको यो तेस्रो गल्ती हो। यसैगरी उनलाई ४८ लाख भारतीय रुपैयाँ जरिवाना लगाइएको छ।
यस सिजन मुम्बईले आफ्ना सबै १४ खेल खेलिसकेको छ। त्यसैले हार्दिकमाथिको यो प्रतिबन्ध अर्को सिजनका लागि लागू हुनेछ। उनले अर्को सिजनको पहिलो खेल खेल्न पाउने छैनन्।
यस्तै प्लेइङ-११ मा रहेका खेलाडीलाई १९ लाख २० हजार भारतीय रुपैयाँ या म्याच फिको ५० प्रतिशत जरिवाना गरिएको छ। यसअघि दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि एक खेलमा निलम्बन गरिएको थियो।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
