माघ १८, २०८२ आइतबार | ११:१३:१६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

काठमाडौं किकर्सको अपराजित यात्रा जारी

म्युनिख । जर्मनीको म्युनिखमा जारी चर्चित युथ फुटबल प्रतियोगिता भिआर बैंक कपमा नेपालको काठमाडौं किकर्सले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

सोमबारसम्म १२ खेल खेलिसकेको किकर्सको यु-१४ टोलीले आठ जित तथा चार  बराबरीको नतिजासँगै २८ अंक जोडेको छ । प्रतियोगितामा टोलीको एक खेल बाँकी रहँदा उपाधि सम्भावना बलियो बनेको छ ।

सोमबार भएको तीन खेलमध्ये किकर्सले दुई जित र एक बराबरीको नतिजा निकाल्यो ।

सोमबारको पहिलो खेलमा किकर्सले आयोजक मोम्मेन्डोर्फको दोस्रो टोलीसँग १-१ बराबरीको नतिजा निकाल्यो । नेपाली टोलीका लागि आशुतोष महोत्राले गोल गरे ।

दिनको दोस्रो खेलमा किकर्सले एसभी अउबीङलाई १-० हरायो । टोलीकोजितमा आर्यवीर सिंहले निर्णायक गोल गरे ।

तेस्रो खेलमा किकसै एसभी जमरिङविरुद्ध ३-० को जित निकाल्यो ।  टोलीलाई जित दिलाउन नोर्गेल शेर्पा, आशुतोष महोत्रा र गुगल बसौलाले गोल गरे ।

प्रतियोगितामा बाँकी रहेको अन्तिम खेलबाट टोलीको उपाधिको टुङ्गो लाग्ने छ ।

किकर्सको यु-१४ टोली रहेको  समूहमा जर्मनीको विभिन्न एकेडेमीका ९ टोली छन् । नेपाली टोलीले राउण्ड रोविन र फाइनल चरणको आफ्ना कुनै पनि खेलमा पराजय व्यहोरेको छैन ।

किकर्सको यु-११ टोलीको भने उपाधि सम्भावना सकिएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।