माघ १८, २०८२ आइतबार | ०३:०६:२८
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

‘युनाइटेड वी प्ले’ सुरुः सर्वोत्कृष्ट बाल खेलाडीले म्यानचेस्टर भ्रमण गर्ने

काठमाडौं । इङ्लिस प्रिमियर लिगको महारथी म्यानचेस्टर युनाइटेड र अपोलो टायर्सको संयुक्त आयोजनामा आज (मंगलबार) ‘युनाइटेड वी प्ले’ बाल फुटबल कार्यक्रम सुरु भएको छ ।

फुटबल ‘इको सिस्टम’ बलियो बनाउने उद्देश्यसाथ युनाइटेड र उसको प्रायोजक अपोलो टायर्सले विश्वव्यापी रुपमा सञ्चालन गर्न लागेको कार्यक्रम सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मंगलबार दिनभरजस्तो चल्यो ।

दुई दिन चल्ने कार्यक्रमको पहिलो दिन यु-१३ र यु -१७ का गरि दुई सय खेलाडीको सहभागिता थियो । दोस्रो दिन बुधबार पनि थप दुई सय खेलाडी सहभागी हुने अपेक्षा गरिएको कार्यक्रमका व्यवस्थापक अविजित ओबरोयले जानकारी गराए ।

ओबरोयका अनुसार कार्यक्रम सञ्चालनका लागि म्यानचेस्टर युनाइटेड सकर स्कुलका रोबिन भान लार म्यानचेस्टरबाटै आएका छन् । भान लारलाई भारतबाट आएका अर्का एक छनोटकर्ता र दुई नेपाली प्रशिक्षकले सघाउनेछन् ।

कार्यक्रममा बाल खेलाडीलाई विभिन्न चरणमा खेलहरु खेलाएर उत्कृष्ट प्रतिभाको छनोट गरिनेछ । पहिलो चरणमा सबै खेलाडीलाई विभिन्न टिममा विभाजन गरेर खेलाइनेछ । जहाँबाट छानिएका उत्कृष्ट खेलाडीलाई पुनः अन्तिम चरणको छनोटमा सहभागी गराइनेछ । त्यहाँबाट सर्वोत्कृष्ट खेलाडीको चयन गरिनेछ ।

छानिएका सर्वोत्कृष्ट खेलाडीमध्येबाट कम्तिमा एक जनालाई एक हप्ते म्यानचेस्टर भ्रमणको व्यवस्था मिलाइनेछ । भ्रमणका लागि छानिने बाल खेलाडीले युनाइटेडका हस्तीसँग भेट्ने, टोलीको खेल हेर्ने, युनाइटेड सकर स्कुलको प्रशिक्षणमा सहभागी हुने, ओल्ड ट्राफोर्ड तथा युनाइटेडको अभ्यास स्थलको भ्रमण गर्नेलगायतका अवसर प्राप्त गर्नेछन् ।

‘युनाइटेड वी प्ले’ अन्तर्गत सातदोबाटोको छनोटदेखि ओल्ड ट्राफोर्ड भ्रमणसम्मका सबै कार्यक्रममा बाल खेलाडीले निशुल्क सहभागिता जनाउन पाउनेछन् ।

विश्वव्यापी रुपमै सञ्चालन गरिने योजना रहेको कार्यक्रम भारतका विभिन्न १२ सहरमा पछिल्लो दुई वर्षदेखि सञ्चालनमा छ । भारतमा यसक्रममा १३ हजारभन्दा बढि बालबालिकाले भाग लएको ओबरोयले जानकारी गराए । उनका अनुसार कार्यक्रम यसै वर्षबाट नेपालका साथै थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई)मा पनि हुनेछन् । कार्यक्रमले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने बताइएको छ ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।