माघ १८, २०८२ आइतबार | ११:१६:५०
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

मोटो इन्डुरो क्रस च्याम्पियनसिपः वर्षा र राजेश च्याम्पियन

पाेखरा । नेपालमै पहिलो पटक आयोजना भएको पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ को ओपन इलाइटतर्फ वर्षा बस्नेत र राजेश मगर च्याम्पियन बनेका छन् ।

वर्षा महिला तथा राजेश पुरुषतर्फ विजेता बनेका हुन् । याे विधाका लािग  चैत २३ मा छनोटमार्फत २५ पुरुष र सात महिला राइडर छानिएका थिए ।

महिलातर्फ मन्दिरा भण्डारी दोस्रो तथा र सुरक्षा केसी तेस्रो भए । पुरुषतर्फ अन्जित बुढाथोकीले दोस्रो र आशुतोष धोन्जुले तेस्रो स्थान हासिल गरे ।

यस्तै ३०+ ओपन मास्टर्समा विधामा सात जनाले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा राज शही पहिलो भए । विकास श्रेष्ठ दोस्रो र अजित बराल तेस्रो स्थानमा रहे ।

तीनै विधाका विजेताले १ लाख ५० हजार पप्त गरे ।

यसैगरी पुरुष ओपन ३०+ मास्टर्सको सातै जना खेलाडी र महिला र पुरुषतर्फ चौथो र पाँचौं हुनेलाई हाइग्राउण्ड एड्भेन्चरले गिफ्ट ह्याम्पर गरेको थियो ।

हाइग्राउण्ड प्याकेजमा बन्जी जम्प, प्याराग्लाइडिङ, एटिभी, जिप, फ्ल्याएर स्काइ, स्क्रिनरको फुल प्याकेज पर्दछ । हाइग्राउण्डका दिनेस महर्जनले गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।

सबै निकाय र खेलप्रेमीहरुको यस्तै साथ र सहयोग भएमा क्रमश अर्को वर्ष पनि खेलाइने कार्यक्रम निर्देशक जगत धौलीले बताए ।

विश्व कपमा खेलाइने डर्ट बाइक खेललाई पोखरा राइडर्स क्लबले नेपालमा भित्राएको क्लबका अध्यक्ष सोनिक क्षेत्रीले बताए ।

विश्व खेलकुद दिवसको अवसर पारेर आयोजना भएको उक्त प्रतियोगितामा महिला र पुरुष गरी कुल ५६ राइडरले भाग लिएका थिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।