माघ १७, २०८२ शनिबार | १०:२५:१४
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

प्रकाश दाहाल स्मृति भलिबल: हेटौंडा च्याम्पियन

ललितपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका प्रथम प्रकाश दाहाल स्मृति बागमती अन्तरपालिका भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बुधबार सम्पन्न फाइनलमा हेटौंडाले मकवानपुरकै थाहा नगरपालिकाविरुद्ध दुई सेटलेपछि परेको अवस्थालाई उल्टाउँदै ३-२ को रोमाञ्चक पुनरागमन जित निकाल्यो

सुरुआती दुई २१-२५, १७-२५ ले गुमाएको हेटौंडाले त्यसपछिका तीन सेट २५-१६, २५-१५, १५-४ ले आफ्नो पक्षमा पार्यो ।

प्रतियोगितामा महांकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भए । उपाधि विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने दुवै टोलीले समान १ लाख रुपैयाँ प्राप्त गरे।

राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार थाहा नगरपालिकाका विष्णु क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

हेटौंडाका सुजन चोखाल उत्कृष्ट सेटर, राजन दतौमी उत्कृष्ट लिबरो र महांकाल गाउँपालिकाका जिवन सुनार उत्कृष्ट ब्लकर चुनिए ।

हेटौंडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक भए । विधागत उत्कृष्ट हुनेले ५० हजार रुपैयाँ पाए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग गरेका थिए । 

यसैगरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगिताको  सह-आयोजकमा  ललितपुर जिल्ला खेलकुद विकास समिति थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।