चैत्र १४, २०८२ शनिबार | ०६:२६:२१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

प्रकाश दाहाल स्मृति भलिबल: हेटौंडा च्याम्पियन

ललितपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका प्रथम प्रकाश दाहाल स्मृति बागमती अन्तरपालिका भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बुधबार सम्पन्न फाइनलमा हेटौंडाले मकवानपुरकै थाहा नगरपालिकाविरुद्ध दुई सेटलेपछि परेको अवस्थालाई उल्टाउँदै ३-२ को रोमाञ्चक पुनरागमन जित निकाल्यो

सुरुआती दुई २१-२५, १७-२५ ले गुमाएको हेटौंडाले त्यसपछिका तीन सेट २५-१६, २५-१५, १५-४ ले आफ्नो पक्षमा पार्यो ।

प्रतियोगितामा महांकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भए । उपाधि विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने दुवै टोलीले समान १ लाख रुपैयाँ प्राप्त गरे।

राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार थाहा नगरपालिकाका विष्णु क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

हेटौंडाका सुजन चोखाल उत्कृष्ट सेटर, राजन दतौमी उत्कृष्ट लिबरो र महांकाल गाउँपालिकाका जिवन सुनार उत्कृष्ट ब्लकर चुनिए ।

हेटौंडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक भए । विधागत उत्कृष्ट हुनेले ५० हजार रुपैयाँ पाए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग गरेका थिए । 

यसैगरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगिताको  सह-आयोजकमा  ललितपुर जिल्ला खेलकुद विकास समिति थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो