चैत्र १४, २०८२ शनिबार | ११:५८:३३
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

भारतीय टोलीलाई हराउँदै होराइजन फाइनलमा

विराटनगर । होराइजन क्रिकेट क्लब, विराटनगर तेस्रो  मिल्स कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा होराइजनले भारत बिहारको कटिहार क्रिकेट क्लबलाई चार विकेटले पराजित गर्यो ।

कटिहारले प्रस्तुत गरेको १७४ रनको लक्ष्य होराइजनले २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।  होराइजनका लागि ओपनर सन्तोष कार्कीले ५३ बलमा सात छक्का र चौकाको मद्दतले सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी दीपेश कँडेलले ३० तथा सोनु अन्सारी र धिरेन शाक्यले समान १८ रन बनाए।

कटिहारका लागि भानु आनन्द र अशोक कुमारले दुई तथा अजित राजले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कटिहारले १९ ओभरमा सबै विकेट गुमाउँदै १७३ रनको योगफल तयार पारेको थियो।

कटिहारका लागि  करण कुमारले ३८ बलमा आठ छक्का र चार चौकाको मद्दतले सर्वाधिक ७४ रन बनाए। यसैगरी सरोजले २४ बलमा ३३ रन, अन्सुनी कुमारले २२ रन जोडे ।

होराइजनका लागि फिरोसजन अन्सारी र श्रवण किस्कुले समान तीन, अभिषेक तिम्सिनाले दुई तथा सन्तोष कार्कीले एक विकेट लिए।

होराइजनले उपाधिका लागि मंगलबार विराटनगरकै वाइआरसिसी क्रिकेट क्लबको सामना गर्नेछ। वाइआरसिसी विराटनगरको एनबिएससी क्रिकेट क्लबविरुद्ध ११६ रनको फराकिलो जित निकाल्दै फाइनल प्रवेश गरेको हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो