पोखरा स्पोर्टस अवार्ड

अर्जुन र अरुणा मनोनयनमा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनमा हुने पोखरा स्पोर्टस अवार्डको आठौं संस्करणका लासिग चार  विधाको मनोनयन सार्वजनिक भएको छ ।आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्यो । 

यही बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा हुने अवार्ड अन्तर्गत वर्ष खेलाडी पुरुषकाे मनाेनयनमा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी छन् ।

यसैगरी वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही, आर्चरीकी अनुस्का शेरचन र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर मनोनयनमा परे ।  

उदियमान खेलाडीको मनोनयममा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की छन् । टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु उत्कृष्ट प्रशिक्षकको दाैडमा छन् । 


स्पोर्टस अवार्डमा सात विधा समावेश छ । बाँकी विधा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र पत्रकारिता अवार्डको घोषणा पछि सार्वजनिक गर्ने जनाएको छ ।

 पुरुष / महिला वर्ष खेलाडीले टेल्जीको इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

यसैगरी वर्षकाे उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल पत्रकार र उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले ३५ हजार रुपैयाँसहित ट्रफी पाउने अध्यक्ष बरालले बताए । उत्कृष्ट तीन को मनोनयनमा परेकालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने मञ्चले जनाएको छ ।