चैत्र १७, २०८२ मंगलबार | ०३:४६:५८
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

दिल्लीले लखनउलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा मंगलबार घरेलु टोली दिल्ली क्यापिटल्स लखनउ सुपर जायन्ट्सविरुद्ध १९ रनले विजयी भएको छ ।

जितसँगै १४ खेलमा १४ अंक जोडेको दिल्ली पाँचौं स्थानमा छ । पराजित लखनउ १३ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । दुवै टोलीको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ  ।

अरुण जेट्ली क्रिकेट मैदानमा दिल्लीले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै  १८९ रन मात्र बनाउन सक्यो ।

लखनउका लागि निकोलस पुरनले २७ बलमा ६ चौका र चार छक्काको मद्दतले  सर्वाधिक ६१ रन बनाए । यसैगरी अर्शद खानले ३३ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ५८ रन बनाए । क्रुणाल पाण्डेयले १८, युधवीर सिंहले १४ र क्विनटन डी ककले १२ रन जोडे ।

दिल्लीका लागि इशान्त शर्माले तीन तथा खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टन स्टब्सले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभमा चार विकेट गुमाउँदै २०८ रनको योगफल तयार पारेको थियो ।

दिल्लीका लागि अभिषेक पोरेलले ३३ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५८ रन बनाए । यसैगरी ट्रिस्टन स्टब्सले २५ बलमा चार छक्का र तीन चौकाको मद्दतले अविजित ५७, साई होपले ३८, कप्तान ऋषभ पन्तले ३३ र अक्षर पटेलले अविजित १४ रन जोडे ।

दोस्रो विकेटका लागि अभिषेक र साईले ९९ तथा पाँचौं विकेटका लागि ट्रिस्टन र अक्षरले अविजित ५० रनको साझेदारी गरे । लखनउका लागि नवीन उल हकले दुई तथा अर्शद खान र  रवि विश्नोइले समान एक  विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो