गल्फमा परिवारको विरासत उँचो राख्दै सद्भाव

काठमाडौं । सन् १९५८/५९ तिरको कुरा हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको रोयल नेपाल गल्फ कोर्स अहिले जस्तो व्यवस्थित बनिसकेको थिएन ।

कट शट प्रहार गर्दा बलहरू कता जान्थे, अत्तोपत्तो हुँदैनथ्यो । खेल्नै नमिल्ने भने होइन । राजपरिवारका सदस्यहरू प्रायः आफ्नो फुर्सदको समय गल्फ कोर्समा बिताउँथे । यही कारण पनि हो, गौचरन कोर्सको नाममै रोयल नेपाल जोडिएको ।

एक दिन पूर्वअधिराजकुमार बसुन्धरा शाह (तत्कालीन राजा त्रिभुवनका कान्छा छोरा) खेल्दै थिए । बसुन्धरा खेलमा डुबिरहेकै बेला ५ वर्षका स्थानीय बालक कोर्स नजिकै बाटोमा हिँड्दै थिए । कसलाई के थाहा कतिबेला के हुन्छ भनेर बसुन्धराले ठीक त्यही समय शक्तिशाली कट शट प्रहार गरे । बलले सही दिशा लिएन । निसानाभन्दा अर्कैतिर मोडिएको बल तिनै बालकको शरीरमा जोडले ठोक्कियो ।

भर्खर ५ वर्षका बालकलाई त्यति जोडले बल लाग्दा के भयो होला ? धन्न ! शरीरमा गहिरो चोटचाँहि परेन । घटनालगत्तै राजपरिवारले बालकलाई आवश्यक उपचार गरिदिए । बालक पनि केही समयमै साधारण अवस्थामा पुगे । ती बालकले उपचारमात्र पाए त ? होइन । आफू संलग्न केही घटना भएपछि राजपरिवारका सदस्यहरू पीडितलाई कोसेली दिएर फकाउँथे । यहाँ पनि यस्तै भयो । तर, केही समय पछि ।

सद्भाव, देशको कान्छा एमेच्योर गल्फ च्याम्पियन हुन् । उनले गत वर्ष १६ वर्ष ११ महिनाको उमेरमा नेपाली गल्फको प्रमुख प्रतियोगिता ‘सूर्य नेपाल गल्फ टुर २०२२/२३’ अन्तर्गत सूर्य नेपाल च्यालेन्ज कपको उपाधि जितेका थिए । यो उनको करिअरमै सिनियरतर्फ पहिलो प्रमुख उपाधि थियो ।

समय बित्दै जाने क्रममा अधिराजकुमार बसुन्धरा र ती बालकको सम्बन्ध राम्रो हुँदै गयो । बसुन्धराले पछि ती बालकलाई कोसेलीका रूपमा एक गल्फ सेट उपहार दिए । त्यो कोसेली दिनुअघि बसुन्धराले ती बालकलाई भनेका रहेछन्, ‘यो बुवा (त्रिभुवन)ले मलाई ल्याइदिएको गल्फ सेट थियो । म यो तिमीलाई दिन चाहन्छु ।’

पछिल्ला दिनमा यो कथाको नेपाली गल्फ इतिहासमा ठूलो अर्थ रह्यो । ती बालकले पछि गएर नेपाली गल्फलाई अतुलनीय योगदान गरेका छन् । ती बालक अरू कोही नभएर पूर्व गल्फर शम्भु आचार्य हुन् । रोयल नेपालका संस्थापक सदस्यमध्येका एक व्यक्तित्व ।

राजपरिवारको कोसेलीबाट सुरु भएको उनको गल्फ यात्रामा पछि उनका छोराहरू दीपक र रुपक आचार्य पनि जोडिए । कुनै समय जेठा छोरा दीपकले त नेपाली गल्फमा एकछत्र राज नै गरे । १९९८ देखि २००७ सम्मको समयमा दीपक नेपाली गल्फको नम्बर वानमै रहे । आज आचार्य परिवारको विरासत नाति सद्भाव आचार्यसम्म आइपुगेको छ ।

सद्भाव, देशको कान्छा एमेच्योर गल्फ च्याम्पियन हुन् । उनले गत वर्ष १६ वर्ष ११ महिनाको उमेरमा नेपाली गल्फको प्रमुख प्रतियोगिता ‘सूर्य नेपाल गल्फ टुर २०२२/२३’ अन्तर्गत सूर्य नेपाल च्यालेन्ज कपको उपाधि जितेका थिए । यो उनको करिअरमै सिनियरतर्फ पहिलो प्रमुख उपाधि थियो ।

यसै वर्ष मंसिरमा मात्रै सद्भावले व्यावसायिक खेलाडी दिनेश प्रजापतीमाथि सात स्ट्रोकको जित हासिल गर्दै सिजन २०२३\२४ को पहिलो इभेन्ट सूर्य नेपाल सेन्ट्रल ओपन जितेका  थिए ।

एक साताअघि पनि सद्भाव च्याम्पियन बने । यसपालि उनले सूर्य नेपालको सिजनको छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप जिते । यसबीच अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली पहिलो एमेच्योर च्याम्पियन सुवास तामाङ र उनको जोडीले गत वर्ष मार्चमा सम्पन्न ३६औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेको थियो । सेप्टेम्बरमा चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा पनि उनले देशको प्रतिनिधित्व गरेका थिए ।

अहिले सद्भाव भक्तपुरस्थित काठमाडौं वर्ल्ड स्कुलमा म्यानेजमेन्ट पढिरहेका छन् । तर उनी विद्यालय भने जाने गरेका छैनन् । घरमै शिक्षकहरू आउँछन् । गल्फमा सद्भावले  देखाएको सम्भावनाकै कारणले पनि विद्यालयले यसमा साथ दिएको छ ।

खेलाडीको सफलताको मापन उसको उपलब्धिबाट गरिन्छ । किशोर सद्भावका उपलब्धिहरू नियाल्ने हो भने उनलाई सफल खेलाडीको दर्जा दिन हिच्किचाउनुपर्दैन । किनभने उनी भर्खर त १७ वर्षका भए । यत्तिमै तीन व्यावसायिक, एक एमेच्योर अन्तर्राष्ट्रिय र थुप्रै एमेच्योर उपाधि जितिसकेका छन् । आउने दिनमा नेपाली गल्फलाई माथि उकास्न उनको योगदान अतुलनीय रहने विश्वास छ ।

तर, उनले यो उपलब्धि आफ्नो पृष्ठभूमिका कारण मात्र पाएका पक्कै होइनन् । उनी यसरी उदाउनुका पछाडि अनेकन् कारण छन् । बुवा दीपक भन्छन्, ‘सद्भावको पछिल्लो सफलताले हामीलाई एकदमै खुसी दिएको छ । सद्भाव गल्फमा पूर्ण रूपमा समर्पित छ । कोर्समा दैनिक ६ घण्टा प्रशिक्षण गर्छ, त्यसपछि शारीरिक रूपमा फिट रहन एक घण्टा जिममा बिताउँछ । अनि घर गएर एकैछिन पढाइलाई समय दिन्छ । न्युट्रिसियनको प्लानअनुसार खानपिन गर्छ । राम्रो गल्फर बन्न सबै कुराको बलिदानी छ सद्भावको । उसका धेरै साथीभाइ पनि छैनन् । गल्फ नै उसको सबैभन्दा मिल्ने साथी हो । वर्षमा दुई तीनचोटि मात्र स्कुलका साथीसँग उसको भेट हुन्छ ।’

अहिले सद्भाव भक्तपुरस्थित काठमाडौं वर्ल्ड स्कुलमा म्यानेजमेन्ट पढिरहेका छन् । तर उनी विद्यालय भने जाने गरेका छैनन् । घरमै शिक्षकहरू आउँछन् । गल्फमा सद्भावले  देखाएको सम्भावनाकै कारणले पनि विद्यालयले यसमा साथ दिएको छ ।

‘साथीहरूको याद त आउँछ । तर, अहिले गरिरहेको मिहिनेतले पछि मलाई नै फाइदा हुने हो । स्कुलको याद त आउँछ,’ सद्भावले सुनाए, ‘मुख्य कुरा प्यासन नै हो । विदेशी राम्रा खेलाडीको खेल हेरिरहेको हुन्छु । त्यसले पनि मलाई ड्राइभ गरेको छ । राम्रो गल्फर बन्ने भोकले नै अहिले मिहिनेत गरिरहेको छु ।’

सद्भाव प्रशिक्षणका लागि दैनिक बूढानीलकण्ठबाट मूलपानीस्थित गोकर्ण गल्फ कोर्स धाउँँछन् । ट्राफिक जाम नहुने हो भने उनलाई कोर्स पुग्न २० देखि २५ मिनेट लाग्छ । ८ बजे सुरु हुने उनको प्रशिक्षण साढे एक बजे टुंगिन्छ । अनि त्यसपछि बल्ल खाना खान्छन् ।

‘त्यतिबेला बच्चाहरूका लागि प्लास्टिकको क्लब हुन्थ्यो । भाटभटेनी सुपर मार्केटले यस्ता क्लबहरू बेच्थ्यो । बुवाआमाले हातमा क्लब थमाइदिएपछि मैले खेल्न सुरु गरेको हुँ । जहाँकहीँ हान्दै हिँड्थें । पछि लगाव हुँदै गयो,’ सद्भावले बाल्यकालका दिन सम्झिए ।

सद्भावलाई साथ दिइरहेका छन् क्याडी पुरुषोत्तम कुइँकेलले । पुरुषोत्तम उनै क्याडी हुन्, जसले कुनै बेला दीपकलाई सघाउँथे ।  उनी भन्छन्, ‘छोरा र बुवा आ-आफ्ना समयका राम्रा खेलाडी हुन् । फरक त्यति हो त्यतिबेला प्रविधिले फड्को मारेको थिएन । अहिले खेलाडीलाई विगतभन्दा राम्रो सुविधा छ ।’

सद्भाव गल्फलाई म्याराथनजस्तै मान्छन् । गल्फमा पनि म्याराथन जत्तिकै अभ्यास चाहिने उनको बुझाइ छ । ‘गल्फ चार दिन खेल्नुपर्छ । त्यसैले शारीरिक फिटनेसलाई प्राथमिकता दिइरहेको छु । हामी नेपाली खेलाडी पछाडि पर्नुको मुख्य कारण भनेकै कमजोर फिटनेसका कारणले नै हो,’ सद्भावले भने, ‘अनि म्याराथनमा जसरी धैर्य आवश्यक हुन्छ । गल्फमा पनि यसको महत्व धेरै छ । तर, मान्छेहरूले बुझेकै छैनन् । उनीहरुलाई त वश ! आजको भोलि नै परिणाम चाहिन्छ ।’

प्लास्टिकको क्लबबाट सुरु भएको गल्फ यात्रा

पारिवारका सबैजना गल्फ खेल्ने भएकाले सद्भाव सानै उमेरदेखि गल्फबारे जानकार थिए । दीपक पनि छोरालाई गल्फका प्रतियोगितामा लगिराख्थे । सद्भाव कोर्स नपुगेको शनिबारका दिन कमै हुन्थे । यही कारण जानी नजानी चार वर्षको उमेरमै सद्भावले गल्फ खेल्न थाले ।

‘त्यतिबेला बच्चाहरूका लागि प्लास्टिकको क्लब हुन्थ्यो । भाटभटेनी सुपर मार्केटले यस्ता क्लबहरू बेच्थ्यो । बुवाआमाले हातमा क्लब थमाइदिएपछि मैले खेल्न सुरु गरेको हुँ । जहाँकहीँ हान्दै हिँड्थें । पछि लगाव हुँदै गयो,’ सद्भावले बाल्यकालका दिन सम्झिए ।

अहिले उनले प्रयोग गर्ने सामानको खर्चको हिसाब गर्ने हो भने साढे ५ देखि ६ लाखसम्म पर्छ ।

सानै उमेरदेखि एक्सपोजरको कमी नभएका सद्भावले १४ वर्षको हुँदा सूर्य नेपाल गल्फ टूरमा ‘डेब्यु’ गरे । जतिबेला उनले पहिलो पटक सन २०२१ मार्चमा सम्पन्न सेन्ट्रल ओपनमा भाग लिएका थिए । पहिलो उपाधि भने दुई वर्षपछि आयो । अहिले उनको परिचय फेरिएको छ ।

‘धेरै खुसी लाग्छ उपाधि जित्दा । यसको सम्पूर्ण श्रेय मेरो परिवार, मुख्य प्रशिक्षक तरुण सरदेसाई, फिटनेस प्रशिक्षक सुरेश लामालाई जान्छ । उहाँहरूले मलाई नराम्रो परिणाम आउँदा पनि साथ दिनुभयो,’ सद्भाव आफ्नो जितको श्रेय यसरी बाँड्छन् ।

सद्भाव जापानमा अक्टोबर ४ देखि सुरु हुने एसियाकै सबैभन्दा ठूलो एमेच्योर प्रतियोगिता, एसिया प्यासाफिक एमेच्योर च्याम्पियनसिप २०२४ को तयारी गर्न एसियन एमेच्योर एकेडेमीमा जाँदै छन् । उक्त प्रतियोगितामा सद्भावको एउटै लक्ष्य हुनेछ, पारमा कट बनाउने ।

दुई वर्षअघि सद्भाव र सुवास तामाङ तरुण सरदेसाई गल्फ एकेडेमी (टिएसजी)मा गल्फ सिक्न बेङ्लोर गएका थिए । उक्त एकेडेमी भारतको पहिलो व्यावसायिक गल्फ, खेलकुद विज्ञान र शैक्षिक संस्था हो । त्यहाँ उनीहरूले प्रशिक्षक सरदेसाईको नेतृत्वमा गल्फका थप कुरा सिक्ने अवसर पाए ।

‘हामीले त्यहाँ तीन महिना बितायौं । सरदेसाई र बुवा पहिले सँगै खेल्नुहुन्थ्यो । एकेडेमीका बारेमा थाहा भएपछि हामीले त्यहाँ गएर हेरेका हौं,’ सद्भावले भने, ‘त्यहाँबाट फर्केपछि हाम्रो प्रदर्शनमा सुधार देखियो । त्यसपछि हामी फेरि बेंङ्लोर गयौं । थप ६ महिना बस्यौं ।’

सरदेसाईकै नेतृत्वमा पछि नेपालले एकेडेमीमै गएर १९औं एसियाली खेलकुदको तयारीसमेत गरेको थियो । त्यहाँ खेलाडीले तीन महिना बन्द प्रशिक्षणमा बिताए ।

सुवास भने अहिले पनि बेङ्लोरमै छन् । घरेलु एमेच्योर प्रतियोगितामा यिनै सुवास सद्भावका मुख्य प्रतिस्पर्धी हुन् ।

‘हामीबीच दाइभाइको सम्बन्ध छ । हामीले धेरै च्याम्पियनसिपमा सँगै यात्रा गर्यौं । सुवास मज्जाको मान्छे छ । कोर्समा हामी एकअर्काका प्रतिस्पर्धी भए पनि बाहिर एकअर्कालाई साथ दिन्छौं,’ सद्भावले सुनाए, ‘हामी दुवैजना अहिले व्यावसायिक खेलाडीसँग प्रतिस्पर्धा गर्छौं । तर, दबाब महसुस गर्ने गरेका छैनौं । गल्फमा मुख्य कुरा भनेको बलियो मानसिकता पनि हो । हामीलाई प्रोहरूसँग खेल्नु चुनौतीपूर्ण छ तर दबाबचाहिँ हुँदैन ।’

सद्भाव जापानमा अक्टोबर ४ देखि सुरु हुने एसियाकै सबैभन्दा ठूलो एमेच्योर प्रतियोगिता, एसिया प्यासाफिक एमेच्योर च्याम्पियनसिप २०२४ को तयारी गर्न एसियन एमेच्योर एकेडेमीमा जाँदै छन् । उक्त प्रतियोगितामा सद्भावको एउटै लक्ष्य हुनेछ, पारमा कट बनाउने ।

भन्छन्, ‘दुई वर्षअघि सुवासले थाइल्यान्डमा सम्पन्न च्याम्पियनसिपमा कट बनाएको थियो । सुवासले त्यतिबेला यो सफलता हासिल गरेका थिए । तर, अन्तिम दुई दिन नराम्रो हुँदा परिणाम सोचेजस्तो आएन । यसपालि मेरो लक्ष्य त्यही हो, सकेसम्म कट बनाउने र नेपाललाई माथिल्लो स्थानसम्म लैजाने ।’

जापानको एसियन एमेच्योर एकेडेमीमा दुई महिना बिताएपछि सद्भाव च्याम्पियनसिपकै तयारीका लागि अमेरिका जानेछन् । जहाँ उनले पुनः तीन महिना अभ्यासमा बिताउने छन् ।

पूर्व विश्व नम्बर एक गल्फर टाइगर उड्सलाई प्रेरणास्रोत मान्ने सद्भावको भावी योजना भनेको गल्फ विश्वविद्यालयमा आबद्ध हुने हो । भन्छन्, ‘बुवापछि मेरो आइडल भनेको टाइगर उड्स हो । उहाँको १० प्रतिशत मात्र मसँग भए कति राम्रो हुन्थ्यो होला । यसका लागि सक्दो मिहिनेत गरिरहेको छु । गल्फको विश्वविद्यालयमा पढ्न मन छ । पछि राम्रो भयो भने तिनै विश्वविद्यालयको प्रतिनिधित्व गर्ने सोच छ । तर, अवसर नपाए निरास भने हुन्न ।’

सद्भावले नेपाली खेलकुदलाई दिन बाँकी धेरै छ । सफलताले परिवारको विरासत जोगाइरहने चुनौती पनि उत्तिकै । मानिसले सानै उमेरमा सफलता पाउनुपर्छ, उसकाे समाजमा गुनगान भइहाल्छ । सद्भाव पनि यसको अपवाद बनेनन् । जुन सामान्य पनि हो, किनभने गल्फको परिचय नै यही छ कि यसलाई धनी मान्छेले खेल्ने खेल भनिन्छ

सद्भावले नेपाली खेलकुदलाई दिन बाँकी धेरै छ । सफलताले परिवारको विरासत जोगाइरहने चुनौती पनि उत्तिकै । मानिसले सानै उमेरमा सफलता पाउनुपर्छ, उसकाे समाजमा गुनगान भइहाल्छ । सद्भाव पनि यसको अपवाद बनेनन् । जुन सामान्य पनि हो, किनभने गल्फको परिचय नै यही छ कि यसलाई धनी मान्छेले खेल्ने खेल भनिन्छ ।

यस्ता धेरै उदाहरण छन्, जहाँ गायकका छोरा गायक भएका छन् । डाक्टरका छोरा डाक्टर अनि कलाकारका छोरा कलाकार । सद्भाव त एक यस्तो पेसामा छन्, जहाँ सफलता तबमात्र सम्भव छ जब उसले परिणाम दिन सक्छ ।

नेपाल गल्फ संघ (एनजिए) र नेपाल प्रोफेसनल गल्फर्स एसोसियन (एनपिजीए)का महासचिवसमेत रहेका दीपक आचार्य भन्छन्, ‘नेपालमा धेरै प्रोफेसनल गल्फर छन्, उनीहरूका छोराहरू पनि त गल्फमा लागेका छन् । यदि पृष्ठभूमिकै कुरा हो भने उनीहरू पनि त यो स्थानमा आउन सक्थे । सद्भाव यहाँसम्म आउनुको एउटै कारण हो, उसको मिहिनेत र समर्पण ।’