भाद्र २३, २०८१ आइतबार | ०५:३३:४२
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

उसुका अन्तर्राष्ट्रिय पदक विजेतालाई सम्मान गरिने

ललितपुर । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नेपालले उसु महासंघ नगदसहित सम्मान गर्ने भएको छ ।

महासंघले आइतबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतियोगितामा पदक जित्ने ६  खेलाडीलाई नगदसहित सम्मान गर्ने जानकारी दिएको हो।

अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा बैशाखको दोस्रो साता सम्पन्न भएको प्रतियोगितामा नेपालले दुई रजत र चार कांस्यसहिच कुल ६ पदक जितेको थियो।

महासंघले रजत विजेतालाई १० हजार र कांस्य पदक विजेता लाई ७ हजार रुपैयाँसहित आगामी शनिबार सम्मान गर्ने महासंघका महासचिव ल्हाक्पाछिरी लामाले जानकारी दिए।

नेपालले सान्सौं विधातर्फ एकलमा समान दुई रजत तथा कांस्य पदक जितेको थियो । यसैगरी थाउलोको एकल र टिम इभेन्टमा पनि समान एक कांस्य पदक नेपालले आफ्नो पोल्टामा पारेको थियो ।

सान्सौंको पुरुष ८० केजी तौल समूहमा संजिव महर्जन तथा महिला ५६ केजी तौल समूहमा विद्या गुरुले रजत पदक जितेका थिए। फाइनलमा संजिव इरानी र विद्या टर्कीकी खेलाडीसँग पराजित भए ।

स्वर्ण पदक ल्याउन नसके पनि संजिव र विद्या आगामी नोभेम्बरमा अस्ट्रेलियामा हुने उसुको सान्सौ विश्वकपमा छनोट हुन सफल भएका छन्।


विद्याले विश्वकपमा छनोट हुन पाउँदा खुसी लागेको बताइन्। ‘हामीले अझै राम्रो गर्नुछ । विश्वकपमा चुनौती उत्तिकै छ,’ विधाले भनिन् ,‘अझै हाम्रो तयारी र प्रशिक्षणमा अझै कमीकमजोरी छन् । त्यसलाई सुधारेर अगाडि बढ्नुपर्छ।’

उक्त प्रतियोगितामा नेपालकोतर्फबाट सर्वाधिक ९.६६३ स्कोर प्राप्त गरी दीपक हमालले कांस्य पदक जितेका थिए । १८ राष्ट्र सहभागी थाउलोको नानछ्वान इभेन्टमा दीपकले कांस्य पदक जितेका हुन् ।

उनी पनि आगामी अक्टोबरमा जापानमा हुने थाउलोको विश्वकपका लागि  छनोट भएका छन् ।

‘एसियन गेमपछि यो ठूलो र स्तरीय प्रतियोगिता थियो,’दिपकले भने‘,विश्वकपका लागी अहिलेको प्रशिक्षण र तयारीले पुग्दैन थप मेहेनत गर्नुपर्छ । नेपाली खेलाडीलाई खेल्ने हलदेखी न्युट्रेसनको समस्या छ। यसतर्फ ध्यान जान जरुरी छ ।’

महासंघका अध्यक्ष वीरबहादुर तामाङले विजेता खेलाडीलाई बधाई तथा शुभकामना दिए । उनका अनुसार चीनको उसु संघसँग करिब ३ महिने प्रशिक्षणका लागि महासंघले प्रयास गरिरहेको छ ।

महासंघका सचिव एवं प्रशिक्षक निकेश श्रेष्ठले चीनमा भएको सो प्रतियोगिताले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान थपिएको बताए ।

प्रतियोगितामा राम्रो प्रर्दशन गरेका विजय सिंजालीले अझै राम्रो स्थानमा प्रशिक्षण गर्न सके एसियाली खेलकुदमै स्वर्ण जित्न सकिने धारण राखे ।

‘खेलाडी आफैले खर्च गरेर विदेशमा ट्रेनिङ या प्रतियोगिता खेल्न जानुपर्ने बाध्यता छ,’ विजयले भने,‘ राम्रो ठाउँमा ट्रेनिङ गर्न र खेलेर आउँदा सम्मान पाए अझ राम्रो गर्न सकिन्छ । एसियन गेममा पनि हामी स्वर्ण पदक दिलाउन सक्छौं ।’

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिताको थाउलोको छानछवान इभेन्टमा सहभागी २९ वटा देशको भिडन्तमा विजय छैटौं स्थानमा आएका थिए । 
महिलाको नानछवान इभेन्टमा निमा घर्तिमगर ९.७६ स्कोर गर्दै चौथो भएकी थिइन् ।

प्रशिक्षक जुनी राईले प्रतियोगितामा सोचेजस्तो नतिजा आएको र यो नतिजाले विश्वकपका लागि पनि राम्रो अवसर खडा गरेको बताइन् ।

प्रतियोगितामा सान्सौंतर्फ लुमन्ती श्रेष्ठले महिला ६५ केजी र किरणसिंह साउदले ९० केजी तौल समूहमा कांस्य पदक जितेका थिए। उनीहरु सेमिफाइनलमा टर्कीका खेलाडीसँग पराजित भए।

त्यस्तै थाउलोतर्फकै पुरुष तुइलिनको टिम इभेन्टमा नेपालका विजय सिन्जाली, दिपक हमाल र राजिव गुरुङले कांस्य पदक जितेका थिए ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024