चैत्र १०, २०८२ मंगलबार | १५:३४:२३
राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता

हिमालयन तीज चेस:शान्ति च्याम्पियन

विजेता शान्ति धिमाललाई ट्रफी प्रदान गरिँदै ।

काठमाडौं । शान्ति धिमाल शतप्रतिशत जितका साथ शुक्रबार ‘हिमालयन तीज चेस टोर्नी’ को च्याम्पियन बनेकी छन् ।

हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा १६५७ रेटिङकी शान्तिले पाँच अंक जोडिन् ।

स्वीस प्रणालीको आधारमा पाँच चरणसम्म सञ्चालित र्यापिड चेसमा शान्तिले प्रियंशा प्रधान, इशा कोइराला, अनैया सैंजु, निहाना श्रेष्ठ र एन्जल महर्जनलाई पराजित गरिन् ।

निहाना श्रेष्ठ अंकसहित उपविजेता बनिन् । समान चार अंक भए पनि निहानासँग ‘बुबल्स’मा पछाडि परेपछि अनैया सैंजु तेस्रो स्थान हासिल गरिन् ।

निहाना र अनैयाले  शान्तिसँग हार ब्यहोरेका थिए ।

यसैगरी  यु-१५ मा प्रज्ञा पन्त, यु-१३ मा एन्जल महर्जन, यु-११ मा नायुमा मगर, यु- ९ मा प्रान्जा तुलाधर र यु-७ मा चार्वी खेम्का विजेता बने । उनीहरू सबै हिमालयन चेस एकेडेमीका खेलाडी हुन् ।

थापाथलीस्थित हिमालय चेस एकेडेमीमा सम्पन्न प्रतियोगिगमा ५० वर्षमाथिको भेट्रानतर्फ राधा राई पहिलो भइन् ।

प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर प्रीति राई, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) की अध्यक्ष आरती लामा, त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धकी शिक्षक विनिता नेपालीलगायत ३१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको प्राविधिक पक्ष पनि महिलाले नै सम्हालेका थिए ।

एकेडेमीकी संस्थापक मोनालिशा खम्बु, पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामा, परराष्ट्र मन्त्रालयकी अधिकृत प्रतीज्ञा राईले विजेतालाई पुरस्कार तथा पदक प्रदान गरेका थिए। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो