माघ १८, २०८२ आइतबार | १५:१५:३९
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

हिमालयन तीज चेस:शान्ति च्याम्पियन

विजेता शान्ति धिमाललाई ट्रफी प्रदान गरिँदै ।

काठमाडौं । शान्ति धिमाल शतप्रतिशत जितका साथ शुक्रबार ‘हिमालयन तीज चेस टोर्नी’ को च्याम्पियन बनेकी छन् ।

हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा १६५७ रेटिङकी शान्तिले पाँच अंक जोडिन् ।

स्वीस प्रणालीको आधारमा पाँच चरणसम्म सञ्चालित र्यापिड चेसमा शान्तिले प्रियंशा प्रधान, इशा कोइराला, अनैया सैंजु, निहाना श्रेष्ठ र एन्जल महर्जनलाई पराजित गरिन् ।

निहाना श्रेष्ठ अंकसहित उपविजेता बनिन् । समान चार अंक भए पनि निहानासँग ‘बुबल्स’मा पछाडि परेपछि अनैया सैंजु तेस्रो स्थान हासिल गरिन् ।

निहाना र अनैयाले  शान्तिसँग हार ब्यहोरेका थिए ।

यसैगरी  यु-१५ मा प्रज्ञा पन्त, यु-१३ मा एन्जल महर्जन, यु-११ मा नायुमा मगर, यु- ९ मा प्रान्जा तुलाधर र यु-७ मा चार्वी खेम्का विजेता बने । उनीहरू सबै हिमालयन चेस एकेडेमीका खेलाडी हुन् ।

थापाथलीस्थित हिमालय चेस एकेडेमीमा सम्पन्न प्रतियोगिगमा ५० वर्षमाथिको भेट्रानतर्फ राधा राई पहिलो भइन् ।

प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर प्रीति राई, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) की अध्यक्ष आरती लामा, त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धकी शिक्षक विनिता नेपालीलगायत ३१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको प्राविधिक पक्ष पनि महिलाले नै सम्हालेका थिए ।

एकेडेमीकी संस्थापक मोनालिशा खम्बु, पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामा, परराष्ट्र मन्त्रालयकी अधिकृत प्रतीज्ञा राईले विजेतालाई पुरस्कार तथा पदक प्रदान गरेका थिए। 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।