पोखरा । विभागीय डर्बीमा नेपाल एपिएफविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्दै नेपाल पुलिस क्लब लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ ।
शुक्रबार पोखरा-१९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा पुलिसले शनिबारको खेल २५-१६, २१-२५, २५-१९, २२-२५,१६-१४ ले आफ्नो पक्षमा पार्यो ।
फाइनल खेल शुक्रबार नै हुने तय भए पनि खराब प्रकाशका कारण शनिबारलाई सारिएको थियो ।
यसैगरी गण्डकी प्रदेशलाई हराउँदै गलकोट स्पोर्टस क्लबले तेस्रो स्थान हासिल गर्यो ।
विजेता पुलिसले १ लाख ५० हजार, उपविजेता एपिएएफले १ लाख र तेस्रो भएको गलकोटले ५० हजार रुपैयाँ प्राप्त गरे ।
शुक्रबार न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफले महिलातर्फको उपाधि जितेको थियो ।
महिलातर्फ गण्डकीलाई हराउँदै एभरेस्ट भलिबल क्लबले तेस्रो स्थान हासिल गर्यो ।
नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा सम्पन्न प्रतियोगितामा समान चार महिला/ पुरुष टोलीले सहभागिता जनाएका थिए ।