माघ १८, २०८२ आइतबार | १२:३१:४४
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार

गोलको खुसीयाली मनाउँदै वालिङका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकाविरुद्ध ४-१ को सहज जित हासिल गरेको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा पुलिसलाई जित दिलाउन कप्तान निरु थापा,अनुष्का शेर्पा र पूजा रानाले  गोल गरे । पुलिसले एक गोल आत्मघाती उपहारका रुपमा प्राप्त गर्यो । वालिङका लागि यशोधाकुमारी चिरालले सान्त्वना गोल फर्काइन् ।

जितसँगै पुलिस पाँच खेलबाट १० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लियो । हारसँगै समान खेलबाट एक अंक पनि जोड्न नसकेको वालिङ पुछारमा यथावत रह्यो ।

खेलको १५औं मिनेटमा निरुको गोलमार्फत पुलिसले अग्रता लियो । फरवार्ड निरुले राइट ब्याक मोनिका पुलामी मगरको पासलाई सदुपयोग गर्दै सुन्दर गोल गरिन् । २८औं मिनेटमा निरुको पासमा अनुष्काले पुलिसको अग्रतालाई दोब्बर बनाइन् । चार मिनेटपछि पूजाको गोलमा पुलिसले अग्रतालाई तीन गोलमा पुर्यायो । नियमित पोजिसन लेफ्ट ब्याकबाट विंगरको भूमिकामा झरेकी पूजाले राइट साइडबाट रक्षक अमृता जैसीले दिएको सुन्दर पासलाई सदुपयोग गर्दै वान टचमा गोल गरिन् ।

पहिलो हाफ सकिन दुई मिनेट बाँकी छँदा पुलिसले सेटपीसको फाइदा उठायो । सम्झना लावतीको कर्नरमा अमृताले गरेको हेडर वालिङकी धना बोहराको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । 

निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा कप्तान माया मास्केको लोफ्टेड पासलाई सदुपयोग गर्दै यशोधाले सान्त्वना गोल फर्काइन् । सुपर स्टेजमा वालिङको यो पहिलो गोल हो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।