चैत्र १२, २०८२ बिहीबार | २०:५५:२६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार

गोलको खुसीयाली मनाउँदै वालिङका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकाविरुद्ध ४-१ को सहज जित हासिल गरेको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा पुलिसलाई जित दिलाउन कप्तान निरु थापा,अनुष्का शेर्पा र पूजा रानाले  गोल गरे । पुलिसले एक गोल आत्मघाती उपहारका रुपमा प्राप्त गर्यो । वालिङका लागि यशोधाकुमारी चिरालले सान्त्वना गोल फर्काइन् ।

जितसँगै पुलिस पाँच खेलबाट १० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लियो । हारसँगै समान खेलबाट एक अंक पनि जोड्न नसकेको वालिङ पुछारमा यथावत रह्यो ।

खेलको १५औं मिनेटमा निरुको गोलमार्फत पुलिसले अग्रता लियो । फरवार्ड निरुले राइट ब्याक मोनिका पुलामी मगरको पासलाई सदुपयोग गर्दै सुन्दर गोल गरिन् । २८औं मिनेटमा निरुको पासमा अनुष्काले पुलिसको अग्रतालाई दोब्बर बनाइन् । चार मिनेटपछि पूजाको गोलमा पुलिसले अग्रतालाई तीन गोलमा पुर्यायो । नियमित पोजिसन लेफ्ट ब्याकबाट विंगरको भूमिकामा झरेकी पूजाले राइट साइडबाट रक्षक अमृता जैसीले दिएको सुन्दर पासलाई सदुपयोग गर्दै वान टचमा गोल गरिन् ।

पहिलो हाफ सकिन दुई मिनेट बाँकी छँदा पुलिसले सेटपीसको फाइदा उठायो । सम्झना लावतीको कर्नरमा अमृताले गरेको हेडर वालिङकी धना बोहराको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । 

निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा कप्तान माया मास्केको लोफ्टेड पासलाई सदुपयोग गर्दै यशोधाले सान्त्वना गोल फर्काइन् । सुपर स्टेजमा वालिङको यो पहिलो गोल हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो