चैत्र १८, २०८२ बुधबार | १६:३२:०७
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै मदन भण्डारी गोल्डकप इन्डाे-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।

बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा सोमबार सम्पन्न विभागीय डर्बीमा आर्मीले नेपाल एपिएफ क्लबविरुद्ध ३-१ सेटको जित निकाल्यो ।

जितसँगै  समूह ‘बी’ को आर्मीले तीन खेलमा ९ अंक जोड्यो । आर्मीले यसअघि गुजरात स्टेट भलिबल एसोसिएसन र गल्कोट भलिबल क्लबलाई हराएको थियो ।

दोस्रो हारसँगै एपिएफ दुई अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ । यसअघि गल्कोटलाई हराएको एपिएफले गुजरातसँग पराजय बेहोरेको थियो ।

आर्मीको जितसँगै गुजरातले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

सुरुआती दुई सेट २५-१७, २५-२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट भने १९-२५ ले गुमायो ।

चौथो सेट २५-१५ ले आफ्नो पक्षमा पार्दै आर्मीले समूह चरणमा शतप्रतिश जित दर्ता गर्यो ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएकाे छ । सेमिफाइनलमा आर्मी र मणिमुकुन्द भलिबल क्लब तथा गुजरात र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो