चैत्र ७, २०८२ शनिबार | १६:४२:११
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली

विश्वकपमा सहभागिता जनाउने नेपाली टोली, फाइल तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले १९ वर्ष मुनिका महिलाका लागि ट्वान्टी-२० विश्वकप आयोजना गर्न थालेको धेरै भएको छैन ।

२०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक महिला यु-१९ विश्वकप आयोजना गरेको विश्व क्रिकेटको सर्वोच्च निकायले मलेसियामा आगामी आइतबारबाट प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्दैछ ।

विश्व क्रिकेटको समग्र संरचनामा महिला क्रिकेटमाथि पुरुष क्रिकेट हावी छ । त्यसमाथि महिलामा पनि उमेर समूहको प्रतियोगिता भएकाले विश्व क्रिकेटले यो प्रतियोगितालाई धेरै महत्वका साथ नहेर्न सक्छ ।

तर नेपालका लागि भने यो प्रतियोगिताको अर्थ निक्कै महत्वपूर्ण छ । किनकी पहिलो पटक नेपाली किशोरीहरु यो प्रतियोगिताका लागि छानिएका छन् । प्रतियोगिता खेल्नका लागि पुजा महतोको कप्तानीमा रहेको नेपाली टोली मलेसिया पुगिसकेको छ ।

आगामी आइतबार सुरु भएर फेब्रुअरी २ सम्म चल्ने कुल ४१ खेलको यो मेलामा नेपाल समूह ‘डी’मा परेको छ । जहाँ टोलीले अघिल्लो संस्करणमा सेमिफाइनलसम्मको यात्रा गरेको अस्ट्रेलिया, दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेश र युरोपको टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप ट्रफीका साथ नेपालकी कप्ता पूजा महतो, तस्विरः आइसिसी । 

पहिलो चरणबाट सबै समूहका शीर्ष तीन गरि कुल १२ टोली सुपरसिक्समा प्रवेश गर्नेछन् । जहाँ १२ टोलीलाई सुपरसिक्सका फरक दुई समूहमा राखेर प्रतिस्पर्धा गराइन्छ । सुपरसिक्सका दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । यसअर्थमा सबै टोलीका लागि प्रतियोगितामा अगाडि बढ्नका लागि समूह चरणका सबै खेलले विशेष महत्व राख्नेछन् ।

समूह ‘डी’मा इतिहास हेर्दा सबभन्दा बलियो टोली अस्ट्रेलिया हो । दुई वर्षअघि सेमिफाइनलमा इङल्यान्डसँग तीन रनको प्रतिस्पर्धात्मक स्कोरमा पराजित हुनुपर्दा टोली फाइनल प्रवेशबाट बञ्चित भएको थियो । फाइनलमा इङ्ल्यान्डलाई हराउँदै भारत पहिलो संस्करणको च्याम्पियन बनेको थियो ।

अस्ट्रेलियाको टोलीमा यसपाली पनि अघिल्लो संस्करण खेलेकामध्ये पाँच खेलाडीको साथ रहनेछ । जसमा १५ वर्षको उमेरमै सर्वाधिक विकेट लिने खेलाडीको रुपमा दक्षिण अफ्रिकामा सनसनी मच्चाएकी म्यागी क्लार्क पनि हुनेछिन् ।

१९ वर्षमुनिको विश्वकपमा दोस्रो पटक सहभागिता जनाउने तयारीमा रहने अस्ट्रेलियन खेलाडीमा कप्तान लुसी ह्यामिल्टनका साथै महिला बिग बास लिगको पर्याप्त अनुभव भएकी क्लोई एन्सवर्थ र १५ वर्षे उदीयमान स्टार काओइहे ब्रे पनि हुने छन् ।

न्यु साउथवेल्सकी युवा स्टार ब्रे टोलीकी प्रभावशाली अलराउन्डर हुन् । सिडनी सिक्सर्सकी सहकर्मी इलिसे पेरीजस्तै उनले पनि फुटबल समेत खेलेकी छिन् । उनले जुनियर माटिल्डासका लागि फुटबल खेलेकी थिइन ।

बिग बास लिगका दौरान लुसी ह्यामिल्टन (दायाँ), तस्विरः ब्रिसबन हिट्स ।

विश्वकपका लागि तयार हुने क्रममा अस्ट्रेलियाले श्रीलंका र छिमेकी न्युजिल्यान्ड समेत रहेको त्रीकोणीय शृंखलाका ६ मध्ये चार खेलमा जित हासिल गरेको थियो । मलेसिया जानुअघि गोल्डकोस्टमा भएको उक्त शृंखलाको नतिजाले अस्ट्रेलिया राम्रो फर्ममा रहेको प्रमाणित गर्छ ।

नेपालको समूहमा रहेको अर्को टोली बंगलादेशले दुई वर्षअघिको संस्करणको पहिलो खेलमै सनसनी मच्चाउने क्रममा प्रभावशाली प्रदर्शनका साथ अस्ट्रेलियालाई स्तव्ध पारेको थियो ।

यसपाली पनि जनवरी २० मा समूहको आफ्नो दोस्रो खेलमा यी दुुई टोलीबीच भेट हुँदा बंगलादेशसामू त्यही नतिजालाई निरन्तरता दिने मौका हुनेछ ।

दक्षिण अफ्रिकामा समूहमा तीन जितका साथ बंगलादेश विजेताको हैसियतमा सुपरसिक्स पुगेको थियो । जहाँ उच्च प्रदर्शन गरेकी शोर्ना अक्टेर पछि प्रतियोगिताको सर्वोत्कृष्ट घोषित टिममा अटाएकी थिएन । हाल उनी बंगलादेशको राष्ट्रिय टिममा बढुवा भइसकेकी छिन् ।

पहिलो संस्करणमा अस्ट्रेलियाविरुद्धको खेलमा अविजित ३१ रन बनाएकी अनुभवी खेलाडी सुमैया अक्टेरलाई बंगलादेशले यसपाली कप्तानको जिम्मेवारी दिएको छ ।

१९ वर्षे कप्तानले बंगलादेशको सिनियर राष्ट्रिय टिमबाट पनि दुई खेल खेलिसकेकी छिन् । उनीसँगै सिनियर टिमबाट खेलिसकेका हबिबा इस्लाम र निशिता अक्टेर निशी पनि विश्वकपका लागि मलेसिया पुगेको बंगाली टिममा छन् ।

यु-१९ एसिया कपमा प्रतिस्पर्धा गर्दै नेपाल र बंगलादेश, तस्विरः एसिसी । 

सुमैयाको नेतृत्वमा नै बंगलादेशले गतवर्ष भएको यु-१९ महिला एसिया कपको पहिलो संस्करणमा बंगलादेशले फाइनलसम्मको यात्रा तय गरेको थियो । मलेसियामै भएको त्यो प्रतियोगिताको फाइनलमा भने बंगलादेश भारतसँग पराजित भएको थियो । एसिया कप पनि मलेसियामै खेलेकाले यसपालीको विश्वकपमा बंगलादेशलाई थप सजिलो हुन सक्ने अनुमान गरिएको छ ।

नेपाल भने संयुक्त अरब इमिरेट्स (युएई) लाई रनरेटमा पछि पार्दै पहिलो पटक यु-१९ विश्वकपलाई छानिएको टोली हो । करिष्मा गुरुङले चार विकेट लिएपछि युएईमाथि नेपालले आठ विकेटको जित हासिल गरेको थियो ।

पुजा महतोको कप्तानीमा रहेको नेपाली टोलीका लागि मलेसियामा पनि करिष्मा महत्वपूर्ण खेलाडी हुने छिन् ।

युवा टोलीकी कप्तान पुजाले २०२३ को महिला एसिया कपमा नेपालको सिनियर राष्ट्रिय टिमबाट पनि खेलिसकेकी छिन् । छनोट प्रतियोगितामा सफलता हासिल गर्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गर्दा पुजाको प्रदर्शन महत्वपूर्ण थियो । कुवेतमाथि पाँच विकेटको जित हासिल गरेको खेलमा पुजाले ६९ बलमा १३० रनको अविजित इनिङ खेल्नुका साथै पाँच विकेट लिएकी थिइन ।

क्वालालम्पुरमा एसिया कपको सेमिफाइनलमा बंगलादेशसँग पराजित भएर बाहिरिनुअघि करिष्मा नेपाली टोलीकी कप्तान थिइन । जसले प्रतियोगिताको पहिलो दिन बंगलादेशसँग खेल्दै विश्वकपको सुरुआत गर्दा नेपाललाई फाइदा पुुग्न सक्छ ।

नेपालले दोस्रो खेल जनवरी २० मा स्कटल्यान्ड तथा समूहको अन्तिम खेल त्यसको दुई दिनपछि अस्ट्रेलियासँग खेल्नेछ । बंगलादेश र स्कटल्यान्डसँगको खेलमा अपेक्षित सफल नतिजा हासिल गर्न सके पहिलो सहभागितामै नेपालले दोस्रो चरणसम्मको अनुभव लिनेछ ।

स्कटल्यान्डका लागि यो दोस्रो विश्वकप हो । दोस्रो पटक यु-१९ विश्वकप खेलिरहँदा पहिलो पटक समूह चरण पार गर्ने लक्ष्य बनाएको स्कटल्यान्ड अघिल्लो संस्करणमा युएई, दक्षिण अफ्रिका र भारतसँग पराजित भएपछि समूह ‘डी’ को पुछारमा रहेर घर फर्किएको थियो ।

अभ्यास खेलका दौरान स्कटल्यान्डको टोली, तस्विरः स्कटल्यान्ड क्रिकेट संघ । 

चौथो स्थानको प्लेअफमा युएईमाथि मात्र जित हासिल गर्न सकेको अघिल्लो संस्करणमा पनि टिमको हिस्सा रहेकी नियाम मुइर यसपाली कप्तानको जिम्मेवारीका साथ एसिया भ्रमणमा निस्किएकी छन् ।

मोली बार्बर–स्मिथका लागि यो पहिलो विश्वकप हुनेछ । दुई वर्षअघि दक्षिण अफ्रिकामा प्रतियोगिता सुरु हुनै लाग्दा चोटका कारण उनी टिमबाट बाहिरिनुपरेको थियो ।

पहिलो संस्करणमा बार्बर-स्मिथको रिप्लेसमेन्टका रुपमा दक्षिण अफ्रिकाको भ्रूमण गरेकी क्रिस्टी म्याककल यसपाली पनि स्कटिस टिममा छिन् ।

स्कटल्यान्डले पनि आइतबारै अस्ट्रेलियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालको सामना गर्ने टोलीले समूहको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो