माघ १, २०८१ मंगलबार | २२:१६:४१
अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त सातदोबाटोको कठिन जित अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त सातदोबाटोको कठिन जित
शनिबारको दिन नेपाली फुटबल

सुवास बमः सिनियरमा परीक्षण हुन बाँकी स्टार

काठमाडौं । नेपाली फुटबलमा एन्फा एकेडेमी सञ्चालन गर्न थालिएको पनि २७ वर्ष भइसकेछ । किशोर खेलाडीलाई होस्टेलमै राखेर पढाउने, खुवाउने र फुटबल सिकाउने एकेडेमीको थालनी २०५४ सालबाट भएको हो ।

झन्डै तीन दशकको यो समयमा विभिन्न थुप्रै ब्याचका खेलाडी एकेडेमीबाट दीक्षित भएर व्यावसायिक फुटबलमा होमिए । एन्फा एकेडेमीबाट निस्किएका खेलाडीमध्ये धेरैले उमेर समूह हुँदै नेपालको प्रतिनिधित्व गरे, गरिरहेका पनि छन् ।

नेपाली फुटबलमा विभिन्न कालखण्डहरु आए । ती कालखण्डहरूमा धेरै स्टार जन्मिए, प्रचुर सम्भावना हुनाका बावजुद थुप्रै प्रतिभा फुल्नै पाएनन् । यीमध्ये एन्फा एकेडेमीले नेपाली फुटबललाई दिएका ठूला नामको को हुन् त ? पहिलो ब्याचका मिडफिल्डर प्रदीप महर्जन, प्रशान्त गिरी, विजय गुरुङ, गोलकिपर विकास मल्ल लोकप्रिय नाम हुन् ।

बुटवलस्थित एन्फा एकेडेमीका उत्पादन सुवास अहिले नेपाली फुटबलका उदाउँदो तारा हुन् । भर्खरै सम्पन्न ललित स्मृति एन्फा यु-१८ लिगमा विभागीय टोली नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउन सुवासले निर्णायक भूमिका खेले । 

त्यसपछि नीराजन खड्का, सन्दीप राईहरूको ब्याच आयो । लगत्तै पछि पछि थिए, पूर्व कप्तान विराज महर्जन, भरत खवास र शिशिर अधिकारीहरू । आ–आफ्नो समयमा यी सबै नामले तहल्का मच्चाए । एन्फा एकेडेमीबाट दीक्षित भएर नेपाली फुटबलमा राज गर्ने अबको पालो थियो, राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, नीराजन मल्ल, विमल घर्तीमगर, अञ्जन बिष्ट, अनन्त तामाङहरूको ।

भुटानमा सम्पन्न साफ यु-१६ च्याम्पियनसिप २०२३ मा टोलीको नेतृत्व गर्दै सुवास बम, तस्विर: साफ ।

पछिल्लो केही वर्षयता यिनै किरण, रोहित, अञ्जन र अनन्तहरूले नेपाली फुटबल थेगिहेका छन् भन्न कञ्जुस्याईं गर्नुपर्दैन । तर त्यसयता एन्फा एकेडेमीबाट कम्तीमा नेपाली फुटबलमै पनि आशा देखाउने एउटै स्टार खेलाडीको जन्म भएको छैन । विमल, अञ्जनहरूपछि कसैले ठूलो प्रभाव छोड्न सकेका छैनन् । उसो त एन्फा एकेडेमीको पछिल्लो अवस्था आफैंमा टिठलाग्दो स्थितिमा रहँदा त्यहाँबाट ठूला स्टार नाम निस्कने आशा गर्नु पनि कसरी ?

नेपाली फुटबलको यो कठिन समयमा लामो अन्तरालपछि एकजना यस्तो खेलाडीको उदय भएको छ, जोसँग स्टार खेलाडीमा हुनुपर्ने सम्पूर्ण गुण छ । उनी हुन् १६ वर्षीय विङ्गर सुवास बम ठकुरी । सुवासको उदय पनि यस्तो बेला भएको छ कि जतिबेला नेपाललाई उनी जस्ता खेलाडीको प्रेरणादायी प्रदर्शन आवश्यक छ । तर, मूल कुरा के उनी शीर्षस्तरको फुटबलका लागि तयार छन् ? यो प्रश्न किन पनि उब्जिएको हो भने प्रदीप, विकास, विराज, रोहित र विमलहरूले उमेर समूहमा राष्ट्रको नाम उँचो बनाएका थिए । सुवास भने केही अभागी रहे । उनको नेतृत्वमा नेपालले कुनै पनि उपलब्धि हासिल गर्न सकेको छैन ।

‘ब्राजिलियन नेयमार सबैभन्दा मनपर्ने खेलाडी हो । नेयमार जस्तै खेल्ने मन छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पनि फलो गर्छु । मलाई रोनाल्डोको मेन्टालिटी मनपर्छ,’ सुवास भन्छन्, ‘नेपाली खेलाडीमा किरण (चेम्जोङ) दाइ सबैभन्दा मनपर्ने खेलाडी हो । मैदानभित्र किरण दाइको त्यो हङ्गरनेस र एग्रेसनले मलाई मोटिभेट गर्छ ।’

बुटवलस्थित एन्फा एकेडेमीका उत्पादन सुवास अहिले नेपाली फुटबलका उदाउँदो तारा हुन् । भर्खरै सम्पन्न ललित स्मृति एन्फा यु-१८ लिगमा विभागीय टोली नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउन सुवासले निर्णायक भूमिका खेले । 

लिगमा उच्च गोलकर्ताको अवार्ड जितेका सुवासले कुल २४ गोल गरेका थिए । डबल राउन्ड रोबिन लिगमा पुलिस एक खेलअगावै च्याम्पियन बनेको थियो ।

ललित स्मृति एन्फा यु-१८ लिग २०२४ को अन्तिम दिन एनआरटीविरुद्ध मैदानमा नेपाल पुलिसका कप्तान सुवास वम, तस्विरः सरोज सापकोटा/खेलाडी ।

अट्याकिङ मिडफिल्डर र स्ट्राइकरको दुवै पोजिसनलाई उत्तिकै न्याय गर्न सक्ने खेलाडीमा पर्छन्, सुवास । विश्वप्रख्यात खेलाडी नेयमारलाई आदर्श मान्ने सुवास उनको जस्तै खेल प्रस्तुत गर्न पनि सिपालु छन् । विपक्षी रक्षापंक्तिलाई तहसनहस पार्ने खुबी भएका खेलाडी हुन् उनी । राम्रो फिनिसिङ गर्ने क्षमताका सुवासको गोल पनि हेर्नलायकको हुने गर्छ ।

‘ब्राजिलियन नेयमार सबैभन्दा मनपर्ने खेलाडी हो । नेयमार जस्तै खेल्ने मन छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पनि फलो गर्छु । मलाई रोनाल्डोको मेन्टालिटी मनपर्छ,’ सुवास भन्छन्, ‘नेपाली खेलाडीमा किरण (चेम्जोङ) दाइ सबैभन्दा मनपर्ने खेलाडी हो । मैदानभित्र किरण दाइको त्यो हङ्गरनेस र एग्रेसनले मलाई मोटिभेट गर्छ ।’

सुवास पनि किरणकै बाटोमा छन् । सुवास उमेर समूहमा नेपालका लागि निर्विकल्प लिडर हुन् । उमेर समूहमा सुवासले यु-१६ र यु-१७ मा नेपालको प्रतिनिधित्व गरेका छन् । जसमा उनले तीनवटा प्रतियोगितामा कप्तानी आर्मब्यान्ड लगाएका थिए । मैदानभित्र उनको गजबको लिडरसिप देख्न सकिन्छ । मैदान बाहिर पनि उनको रवाफ उत्तिकै छ ।

सुवासले सन २०२३ मा भुटानमा सम्पन्न साफ यु-१६ च्याम्पियनसिप, २०२४ मा भुटानमै भएको साफ यु-१७ च्याम्पियनसिप र सोही वर्ष कतारमा भएको एएफसी यु-१७ एसियन कप छनोटमा नेपालको कप्तानी गरेका थिए । यी तीन प्रतियोगितामा नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको थिएन । साफ यु–१७ बाहेक दुई प्रतियोगितामा नेपालले एक गोल पनि गर्न सकेन ।

साफ यु-१६ च्याम्पियनसिप २०२३, भुटानका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)को विदाई कार्यक्रममा राष्ट्रिय झण्डाका साथ फोटो खिचाउँदै मुख्य प्रशिक्षक रवीन्द्र शिलाकार (बायाँ) र सुवास वम (दायाँ), तस्विर:एन्फा ।

आफ्नो नेतृत्वमा राष्ट्रले यसरी दयनीय हार बेहोनुपर्दा सुवासलाई हीनताबोध छ । भन्छन्, ‘राष्ट्रले मलाई विश्वास गरेर आर्मब्यान्ड दिएको छ । कप्तानको आर्मब्यान्ड लगाउँदा छुट्टै महसुस हुन्छ, राष्ट्रलाई निराश पार्नु हुँदैन भन्ने कुरा मनमा भइरहन्छ । तर, मैले मेरो राष्ट्रलाई जहिल्यै निराश पारेको छु । मेरो नेतृत्वमा राष्ट्रले सफलता हासिल गर्न नसक्दा दुःख लाग्छ ।’

उमेर समूहमा उनले त्यसअघि श्रीलंकामा भएको साफ यु-१७ च्याम्पियनसिप र सोही वर्ष कुवेतमा भएको एएफसी यु-१७ एसियन कप छनोट खेलेका थिए । कुवेतमा एक खेल पनि नजितेको नेपालले श्रीलंकामा फाइनलसम्म यात्रा गरेको थियो । जतिबेला सुवास १४ वर्षका किशोर थिए ।

कर्णाली प्रदेशको कालीकोट जिल्लामा जन्मेका सुवास सानै उमेरमा पढाइको सिलसिलामा काठमाडौं छिरेका थिए । सुवासमा सानैदेखि फुटबलप्रति रुचि थियो । कालिमाटीको त्रिपुरा माविमा पढ्दै गर्दा उनले फुटबलको आधारभूत शिक्षा ग्रहण गरेका थिए । फुटबलकै कारण सुवास शिक्षकहरूको प्रिय थिए ।

श्रीलंकाका लागि सुरुमा सुवास अटाइएको थिएन । तर, नेपाललाई सुवासको खेल कौशल आवश्यक थियो ।

श्रीलंकाका लागि एन्फाले सातदोबाटोस्थित आफ्नो मुख्यालयमा देशव्यापी खुला छनोट गरेको थियो । प्रारम्भिक छनोटबाट तेस्रो चरणलाई ६० खेलाडी छानिएको थियो । जसमा सुवास पनि थिए । त्यसको एक दिनपछि चौथो चरणलाई छानिएको ४५ खेलाडीमा भने सुवास अटाएनन् । त्यस दिन सुवास खुबै भक्कानिए ।

भुटानमा सम्पन्न साफ यु-१७ च्याम्पियनसिप २०२४ मा पाकिस्तानविरुद्ध सुवास बम, तस्विर: साफ ।

‘बुटवलमा तीन वर्ष बिताएपछि काठमाडौं आएको थिएँ । बन्द प्रशिक्षणमा हुँदा ४ बजे उठेर एक्लै प्रशिक्षण गर्थें । राति एन्फामै थिएँ । लिस्टमा आफ्नो नाम नपाएपछि मभित्रैबाट टुटेको थिएँ । त्यो दिन मेरो करिअरको कालो दिन थियो,’ सुवास भावुक हुन्छन्, ‘सायद मैले मेरो बेस्ट दिन सकिनँ होला भन्ने पनि लाग्यो । म अन्य खेलाडीभन्दा सानै थिएँ । शारीरिक रूपमा उनीहरू म भन्दा बलिया थिए । त्यतिबेला मलाई दाइले सहानुभूति दिनुभएको थियो ।’

तर, १०-१२ दिनपछि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सुवासलाई बन्द प्रशिक्षणमा पुनः बोलाएछन् । भएको के थियो भन्दा ३० खेलाडीबाट २३ सदस्यीय टोली छिनोफानो हुँदै थियो । त्यसै क्रममा केही खेलाडी एमआरआईमा फेल भए । बढी उमेर भएका कारण ती खेलाडीले साफ गुमाउने भएपछि प्रशिक्षक श्रेष्ठले सुवास अनि अन्य सम्भावित खेलाडीलाई क्याम्पमा बोलाएका थिए । श्रीलंकामा सुवासले पहिलो रोजाइबाटै खेल्ने मौकासमेत पाए । प्रतियोगिताअघि आर्मीविरुद्धको मैत्रीपूर्ण खेलमा सुवासले प्रशिक्षक श्रेष्ठको मन जिते ।

कर्णाली प्रदेशको कालीकोट जिल्लामा जन्मेका सुवास सानै उमेरमा पढाइको सिलसिलामा काठमाडौं छिरेका थिए । सुवासमा सानैदेखि फुटबलप्रति रुचि थियो । कालिमाटीको त्रिपुरा माविमा पढ्दै गर्दा उनले फुटबलको आधारभूत शिक्षा ग्रहण गरेका थिए । फुटबलकै कारण सुवास शिक्षकहरूको प्रिय थिए ।

दुई कक्षामा पढ्दा सुवासले पहिलो पटक फुटबल प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरे । भएको के थियो ? बागमती बोर्डिङ स्कुलले अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गरेको थियो । फुटबलमा राम्रो छनक देखाएका सुवासलाई विद्यालयका शिक्षकले खेल देखाउन लगेका थिए । प्रतियोगिताको प्रत्यक्षदर्शी बन्दा केही कुरा सिकिन्छ भन्ने शिक्षकको विश्वास थियो ।

भुटानमा सम्पन्न साफ यु-१७ च्याम्पियनसिप २०२४ मा पाकिस्तानविरुद्ध सुवास बम, तस्विर : साफ ।

तर, संयोग के भइदियो भन्दा त्रिपुरामा एक जना खेलाडीले बिरामीका कारण मैदानमा उपस्थिति जनाउन सकेनन् । एक खेलाडी कम भएपछि प्रशिक्षकले सुवासलाई कम उमेरका बावजुद टोलीमा समावेश गरे । पहिलो खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका सुवासले त्यसपछि सुरुआती रोजाइमै खेले । पछि त्रिपुराले प्रतियोगिताको उपाधि नै जित्यो । अचम्म त के भन्दा ‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै सुवासले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको उपाधि नै जिते ।

‘त्रिपुरालाई च्याम्पियन बनाएपछि म फुटबलर नै बन्छु भन्ने सोच आएको थियो । मैले काठमाडौंमा तीन कक्षासम्म पढें । त्यसपछि सुर्खेत फर्किएँ । हामी कालिकोटबाट सुर्खेत झरेका थियौं । सुर्खेतमा पनि म इन्टरनेसनल स्कुलको जुनियरतर्फ कप्तान नै बनें । सुर्खेतमा सात कक्षासम्म पढें । पछि एन्फा यु-१३ को केन्द्रीय छनोटमा परेपछि म बुटवल एकेडेमी गएँ,’ सुवास सुनाउँछन्, ‘सुर्खेतबाट म, जीवन (कार्की) र अभिषेक (बम) केन्द्रीय छनोटमा सफल भएर बुटवल गएका थियौं ।’

सुवासका लागि राष्ट्रिय टोलीको बाटो पनि त्यति टाढा नरहेको विश्लेषकको बुझाइ छ । एन्फा लिग निर्देशक तथा फुटबल विश्लेषक सन्जिव मिश्र भन्छन्, ‘सुवास राष्ट्रिय टोलीमा खेल्न सक्ने खेलाडी हुन् । मैले सुवासमा त्यो सम्भावना देखेको छु ।’

सुवासको अबको गन्तव्य के हो ? हाल मैतीदेवीमा बस्दै आएका सुवास सुरुमा त केही दिन आराम गर्नेछन् । आराम पुगेपछि आउँदै गरेको ‘बी’ डिभिजन लिगका लागि च्यासलको प्रशिक्षणमा जोडिने छन् । दोस्रो डिभिजनपछि छिट्टै शीर्ष डिभिजन खेलेर राष्ट्रिय टोलीमा पर्ने सुवासको सपना छ ।

‘सुवासमा अहिले नै शीर्ष डिभिजन खेल्न सक्ने क्षमता छ । अहिले १८ वर्ष नपुगेकाले पुलिसमा भर्ती गर्न नमिलेर मात्र हो,’ पुलिसको युवा टोलीका मुख्य प्रशिक्षक भोलानाथ सिलवाल हाँस्दै सुनाउँछन् ।

साफ यु–१७ च्याम्पियनसिप २०२४ को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक सनोज श्रेष्ठ (निलो) र कप्तान सुवास वम (रातो), तस्विर:साफ ।

सुवासका लागि राष्ट्रिय टोलीको बाटो पनि त्यति टाढा नरहेको विश्लेषकको बुझाइ छ । एन्फा लिग निर्देशक तथा फुटबल विश्लेषक सन्जिव मिश्र भन्छन्, ‘सुवास राष्ट्रिय टोलीमा खेल्न सक्ने खेलाडी हुन् । मैले सुवासमा त्यो सम्भावना देखेको छु ।’

पक्कै पनि नेपाली फुटबलमा सुवास एउटा यस्तो बिरुवा हुन् । जो आवश्यक मलजल पाए बलियो रुख बन्न सक्छ । उनी स्टार बन्ने क्षमताका खेलाडी हुन् । तर, अहिल्यै स्टार भइसकेका छैनन् । नेपाली फुटबलमा ठूला सम्भावना बोकेर पनि सही तरिकाले करियर अगाडि बढाउन नसक्दा बीचमै फुटबलबाटै टाढिएका खेलाडीको उदाहरण लामै छ । सुवासको पनि शीर्षस्तरमा प्रयोग हुन बाँकी छ । शीर्षस्तर त के उनले माथिल्लो उमेर समूह पूरै खेल्न अझै बाँकी छ ।

सुवासले यो कुरा राम्ररी बुझेका छन् । भन्छन्, ‘म आफू स्टार खेलाडीको पथमा छु जस्तो लाग्दै लाग्दैन । जसरी अञ्जन (विष्ट) दाइ, अनन्त (तामाङ) दाइ, रोहित (चन्द) दाइले राष्ट्रलाई योगदान दिइरहनुभएको छ नि । मेरो लक्ष्य राष्ट्रिय टोलीमा पर्नु मात्र होइन दाइहरू जस्तै लामो समय राष्ट्रिय जर्सीमा खेल्नु हो ।’