माघ १५, २०८१ मंगलबार | ०९:५३:३८
एनआरटीलाई बागमतीको चुनौती फाइनल पुग्न आयोजक बागमती र एनआरटी भिड्दै सहवागको टुटेको वैवाहिक जीवन भारतविरुद्ध इङ्ल्यान्ड ‘गर या मर’को स्थितिमा नेयमारले छाडे अल हिलाल रुपेशलाई एकल अग्रता उपाधिका लागि मध्यमश्चिम र लखनउ भिड्ने काठमाडौं दोस्रो क्वालिफायरमा, बाहिरियो धनगढी हेल्प नेपाल र गण्डकीबीचको खेल स्थगित चार नेपाली रेफ्री मलेसिया प्रस्थान एनआरटीलाई बागमतीको चुनौती फाइनल पुग्न आयोजक बागमती र एनआरटी भिड्दै सहवागको टुटेको वैवाहिक जीवन भारतविरुद्ध इङ्ल्यान्ड ‘गर या मर’को स्थितिमा नेयमारले छाडे अल हिलाल रुपेशलाई एकल अग्रता उपाधिका लागि मध्यमश्चिम र लखनउ भिड्ने काठमाडौं दोस्रो क्वालिफायरमा, बाहिरियो धनगढी हेल्प नेपाल र गण्डकीबीचको खेल स्थगित चार नेपाली रेफ्री मलेसिया प्रस्थान

गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि

च्याम्पियन गोल्डेनगेट कलेज ।

काठमाडौं । जेभियर इन्टरनेसनल कलेजविरुद्ध ४२-४० को रोमाञ्चक जित निकाल्दै गोल्डेनगेट इन्टरनेसनल कलेज प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

निर्धारित चार क्वार्टरको खेल ३९-३९ को स्थितीमा सकिएको थियो । अतिरिक्त क्वार्टरमा गोल्डेनगेट ३-१ ले अगाडि रह्यो ।

सानागाउँस्थित रोयल स्पोर्टस सेन्ट्रलको कोर्टमा शनिबार  भएको प्रतिस्पर्धात्मक फाइनलमा गोल्डेनगेटलाई जित दिलाउन सन्ध्या डंगोलले सर्वाधिक १८ अंक जोडिन् ।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पिइसी) द्वारा आयोजित प्रतियोगितामा सन्ध्या नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।

विजेता गोल्डेनगेटले २० हजार तथा उपविजेता जेभियरले १० हजार रुपैयाँ ट्रफी, पदक र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

विजेतालाई अस्ट्रेलियन क्याथलिक युनिभर्सिटी (एसियु) की रिजनल मार्केटिङ म्यानेजर कोल्मा फेच्नर, एसियुकी रिजनल म्यानेजर अनुष्का श्रेष्ठ, पिइसीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत एसके श्रेष्ठ, प्रोग्राम डाइरेक्टर राजु सिंह, नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मालगायतले  पुरस्कृत  गरे ।

६ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सात टोलीले सहभागिता जनाएका थिए ।


भिडियो
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC
Npc X Army POST MATCH CONFRENCE II Usha Nath Goal Keeper ,NPC
NPC VS TAFC POST MATCH CONFRENCE II BHOLA NATH SILWAL Head Coach , NPC
छोटो समयमा छोटो तयारी हुँदा टिम सेट गर्नै गार्हो भयो : Mahesh shrestha | | Head Coach, Friends Club
हाम्रो टोलीमा Clearity छ : Jeevan Sinkeman , COACH NRT