मंसिर २७, २०८२ शनिबार | ००:४०:०४
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । खेलकुद विज्ञान कार्यक्रम, त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (एफआइएसयु) सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । 

प्रा.डा.रामकृष्ण महर्जनले सञ्चालन गरेको कार्यक्रममा नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, विश्वविद्यालय खेलकुद संघका महासचिव पुर्ण सिंह बोहोरा, नेपाल भलिबल संघका पूर्व अध्यक्ष गंगाबहादुर मगर, खेलकुद विज्ञान कार्यक्रमका संयोजक प्राध्यापक पशुपति अधिकारले आफ्नो भनाइ राखेका थिए ।

सो कार्यक्रममा अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघको इतिहास, यसले विश्वभरी कै विश्वविद्यालयमा आयोजना गर्ने खेलकुद गतिविधी यसको विकास, एफआइएसयुले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि स्थान छनोट गर्ने प्रक्रिया,  एफआइएसयु विश्वविध्यालयमा खेलकुद शिक्षाको वैज्ञानिक विकास विश्वविध्यालय स्तरमा खेलकुद र खेलाडीको विकासमा गर्दै आइरहेको कार्यलगायतका विषयमा छलफल भएको थियो ।

सोही कार्यक्रममा खेलकुद विज्ञान चौंथो सेमेस्टर अध्यनरत राष्ट्रिय टेबल टेनिस खेलाडी सिक्का सुवाल श्रेष्ठले जर्मनीमा भएको युनिभर्सियाडमा सहभागी हुँदाको आफ्नो अनुभव सुनाएकी थिइन् ।

छलपलमा खेलकुद विज्ञानका प्राध्यापक डा. राजेन्द्र खत्री तथा खेलकुद विज्ञान कार्यक्रमका दोस्रो र चौथो सेमेस्टरको विध्यार्थी पनि सहभागी थिए । उनीहरूले नेपाल विश्वविध्यालय संघले गरिरहेका कार्य, आगामी दिनमा विश्वविध्यालयस्तरमा खेलकुदको विकास कसरी गर्न सकिन्छ र अन्तर्राष्ट्रियस्तरमा नेपाली विश्व विध्यालयको सहभागिताको विषयमा चासो राखेका थिए ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II