माघ ८, २०८२ बिहीबार | १३:३६:११
नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार

सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन

छात्रतर्फको च्याम्पियन सिद्धार्थ विद्या सदन, तस्विरः कमल खत्री ।

काठमाडौं । सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल एन्फा यु-१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

नेपालगन्ज रंगशालामा भएको छात्र फाइनलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुललाई ३-१ ले पराजित गर्यो ।

सिद्धार्थलाई दिलाउने क्रममा कमल परियारले दुई तथा भारतीले एक गोल गरे । कोहलपुर बागेश्वरीका आशिष बलले गोल गरे । 
खेलको २०औं मिनेटमा सिद्धार्थका रक्षक नविन रोकाले रातो कार्ड बेहोर्दै मैदान छाडेका थिए । विपक्षी खेलाडीलाई बक्स भित्र लडाएपछि रेफ्री अमर घलेले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

छात्रातर्फकाे फाइनलमा नेपालगन्ज सेन्ट जेभियर्सले होलिल्यान्ड हाइस्कुललाई १-० ले हरायाे । नेपालगन्ज सेन्ट जेभियर्सका लागि कप्तान लक्ष्मी बुढामगरले एकमात्र गोल निर्णायक बन्यो ।

 छात्रातर्फको च्याम्पियन नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, तस्विरः कमल खत्री ।  

बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा गत भदौ २० गते सुरु भएको थियो । तर जेनजी आन्दोलनका कारण प्रतियोगिता  स्थगित भएको थियो प्रतियोगितामा छात्रतर्फ सिद्धार्थका युवराज विक र छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्सको करिष्मा पासी सर्वोत्कृष्ट खेलाडी चुनिए ।

प्रतियोगिताका विजयी खेलाडीलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघ (एन्फ) का केन्द्रीय सदस्य भोजराज शाही, महिला फुटबल समिति बाँके अध्यक्ष नितु शाह चन्द, उपाध्यक्ष रोजी सिंह, महासचिव नगिना श्रेष्ठ, नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, फुटबलका पुर्व राष्ट्रिय खेलाडी गोविन्द प्रसाद श्रेष्ठ, किशोर जंग राणा लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको विजेता टिमले लुम्बिनी प्रदेश स्तरीय एन्फा यु-१४ फुटबल प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजक बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले जानकारी दिए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate