मंसिर २२, २०८२ सोमबार | १५:१४:५०
रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक

इन्डो-नेपाल करातेमा नेपाललाई १३ स्वर्ण

काठमाडौं । काठमाडौंको बनस्थलीस्थित समृद्धि स्कुलको परिसरमा आयोजित इन्डो-नेपाल करातेमा नेपालले पहिलो दिन शुक्रबार नै १३ स्वर्ण पदक जितेको छ । भारतले भने एक स्वर्णमा चित्त बुझाएको छ ।

नेपालकी अन्भी शाहीले पहिलो दिन दुई स्वर्ण पदक जित्ने क्रममा महिला २०-२५ केजी तौलसमूहको फाइनलमा नेपालकै माभेवामा लामा तथा ८-९ वर्ष उमेरसमूहको फाइनलमा नेपालकै अनुष्का महर्जनलाई पराजित गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

महिला २०-२५ केजी तौलसमूहको फाइनलमा अन्भीले स्वर्ण तथा माभेवामाले रजत जित्दा नेपालकै कृष्टि तामाङ र आश्रिया कार्कीले कांस्य पदक जिते । यसैगरी उमेरसमूहमा नेपालकी समृद्धि नेपालले कांस्य पदक हात पारिन् ।

त्यस्तै ४-५ वर्षको महिलामा आर्या महर्जन, ८-९ वर्षको पुरुषमा दिभान्स थापा, १०-१४ वर्षको पुरुषमा अश्विन पुन मगर, १५-१७ वर्षको पुरुषमा प्रिन्स श्रेष्ठ, क्याडेटको महिलामा सुविता गौतम, जुनियर महिलामा बार्बी शर्मा, सिनियर महिलामा बन्दना तामाङ, २०-२५ केजी पुरुषमा प्रमिशसिंह क्षेत्री र ७-८ वर्षको पुरुषमा ऋषि न्यौपाने पहिलो भए ।

पुरुष २५-३० केजीमा सनिश लामा, ४-५ वर्षको पुरुषमा आयान शाही र ८-९ वर्षको पुरुषमा नवाङ फिन्जु शेर्पाले स्वर्ण जिते । बार्बी बाहेक सबै स्वर्ण विजेता नेपालका हुन् । बार्बी भारतकी हुन् ।

काता र कुमुते गरी ४५ स्पर्धा समावेश प्रतियोगितामा २ सय ८३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक रवि शाहीलार्य उधृत गर्दै परिषदले जनाएको छ । शनिबारसम्म चल्ने प्रतियोगितामा नेपालका २५ तथा भारतका ५ विद्यालयबाट खेलाडी सहभागी छन् । 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas