काठमाडौं । द भेलोसिटी स्कुलको आयोजनामा सम्पन्न प्रथम भेलोसिटी अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल प्रतियोगिताको उपाधि विद्यावाणी पाठशालाले जितेको छ ।
आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा विद्यावाणीले क्रिस्टियन कम्युनिटी स्कुललाई निरास बनायो । यसैगरी ब्रह्मकुञ्ज शिक्षा सदनले तेस्रो स्थान हासिल गर्यो ।
यता अक्षरा स्कुलले फेयर प्ले अवार्ड प्राप्त गर्यो । दुई दिने प्रतियोगितामा १६ विद्यालयले सहभागिता जनाएका थिए ।
कार्यक्रमको समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर तथा पूर्व कप्तान अन्जिला तुम्बापो सुब्बाको उपस्थिति थियो । उनले आयोजक स्कुलले खेलकुद विकासका लागि चालेका कदमको प्रशंसा गरिन् ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
