चैत्र १४, २०८२ शनिबार | १२:५२:३२
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन

प्रतियोगिताको उद्घाटन गरिदै ।

काठमाडौं । आठ स्वर्ण, तीन रजत र चार कांस्य पदकका साथ कोटेश्वर तेक्वान्दो डोजाङ छैटौं नेकोस राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ ।

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा सुन्दरीमाइ तेक्वान्दो डोजाङ दुई स्वर्ण, दुई रजत र पाँच कांस्य पदकका साथ दोश्रो भयो ।

पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङमा भएको प्रतियोगितमा ओम माने तेक्वान्दो डोजाङले एक स्वर्ण र चार रजत पदकका साथ तेस्रो स्थान हासिल गर्यो ।

विजेतालाई बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठ, आयोजक राष्ट्रिय तेक्वान्दो संघकी अध्यक्ष शारदा धिमाललगायतले  पुरस्कृत गरे ।

प्रतियोगिताको उद्घाटन नेपाल खेलकुद महासंघका इन्चार्ज एवं नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगननाथ थपलिया र नेकोसका महासचिव धर्मकुमार लामाले गरेका थिए ।

१६ स्पर्धा समावेश गरिएको प्रतियोगितामा २७५ खेलाडीले प्रतिस्पर्धा गरेको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिए।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो