चैत्र ४, २०८२ बुधबार | २२:४८:३१
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन

काठमाडौं । शिव बाबा स्कुल दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन भएको छ ।

ह्वाइटफिल्ड सेकेन्डरी स्कुलको आयोजनामा शनिबार सम्पन्न एकदिन च्याम्पियनसिपमा १८ स्कुललाई पछि पार्दै शिव बाबा च्याम्पियन भएको हो ।

काठमाडौँको खुसिबुस्थित ह्वाइटफिल्ड स्कुलमा भएको च्याम्पियनसिपमा शिव बाबा सर्वाधिक १६ स्वर्ण जित्दै च्याम्पियन बन्यो ।

शिव बाबा स्कुलले थप ६ रजत र ११ कांस्य पदक पनि जित्यो । जेसिस इन्टरनेसनल बोर्डिङ स्कुल दोस्रो भयो । जेसिसले १४ स्वर्ण, ११ रजत र १२ कांस्य पदक जितेको थियो ।

आयोजक ह्वाइटफिल्ड स्कुलले तेस्रो स्थान प्राप्त ग¥यो । आयोजकले ११ स्वर्ण, १३ रजत र ७ कांस्य पदक जित्यो ।

प्रतियोगितामा कूल १९ विद्यालयका ६ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको विजेतालाई ह्वाइटफिल्ड स्कुलका प्रिन्सिपल पारस श्रेष्ठले पुरस्कार वितरण गरे । सो अवसरमा उनले प्रतियोगिताबाट तेक्वान्दो खेल विकासमा महत्वपूर्ण योगदान दिने आशा व्यक्त गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य तथा तेक्वान्डो संघका उपाध्यक्ष भानबहादुर चन्दले खेलकी रेफ्री अस्मिता खड्कालाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले ट्रफी प्राप्त गरे । ग्योरोगीतर्फ चारै विधा (किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर) मा उत्कृष्ट फाइटरले ट्रफी पाएका छन् ।

ग्योरोगी (फाइट) र स्पिड किक गरी दुई विधामा प्रतिस्पर्धा भएको ह्वाइटफिल्ड तेक्वान्दो डोजाङका प्रमुख कुमार लामा घिसिङले जानकारी दिए । स्पिड किकमा तीन वटा पेटी (बेल्ट) समूहमा प्रतिस्पर्धा समावेश गरिएको छ ।

ग्योरोगीमा किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर गरी गल्र्स र ब्वाइजमा गरी कुल ८० तौल समूहमा प्रतिस्पर्धा भएका थिए ।
 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं