माघ १५, २०८२ बिहीबार | ०६:१३:०९
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन

काठमाडौं । शिव बाबा स्कुल दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन भएको छ ।

ह्वाइटफिल्ड सेकेन्डरी स्कुलको आयोजनामा शनिबार सम्पन्न एकदिन च्याम्पियनसिपमा १८ स्कुललाई पछि पार्दै शिव बाबा च्याम्पियन भएको हो ।

काठमाडौँको खुसिबुस्थित ह्वाइटफिल्ड स्कुलमा भएको च्याम्पियनसिपमा शिव बाबा सर्वाधिक १६ स्वर्ण जित्दै च्याम्पियन बन्यो ।

शिव बाबा स्कुलले थप ६ रजत र ११ कांस्य पदक पनि जित्यो । जेसिस इन्टरनेसनल बोर्डिङ स्कुल दोस्रो भयो । जेसिसले १४ स्वर्ण, ११ रजत र १२ कांस्य पदक जितेको थियो ।

आयोजक ह्वाइटफिल्ड स्कुलले तेस्रो स्थान प्राप्त ग¥यो । आयोजकले ११ स्वर्ण, १३ रजत र ७ कांस्य पदक जित्यो ।

प्रतियोगितामा कूल १९ विद्यालयका ६ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको विजेतालाई ह्वाइटफिल्ड स्कुलका प्रिन्सिपल पारस श्रेष्ठले पुरस्कार वितरण गरे । सो अवसरमा उनले प्रतियोगिताबाट तेक्वान्दो खेल विकासमा महत्वपूर्ण योगदान दिने आशा व्यक्त गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य तथा तेक्वान्डो संघका उपाध्यक्ष भानबहादुर चन्दले खेलकी रेफ्री अस्मिता खड्कालाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले ट्रफी प्राप्त गरे । ग्योरोगीतर्फ चारै विधा (किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर) मा उत्कृष्ट फाइटरले ट्रफी पाएका छन् ।

ग्योरोगी (फाइट) र स्पिड किक गरी दुई विधामा प्रतिस्पर्धा भएको ह्वाइटफिल्ड तेक्वान्दो डोजाङका प्रमुख कुमार लामा घिसिङले जानकारी दिए । स्पिड किकमा तीन वटा पेटी (बेल्ट) समूहमा प्रतिस्पर्धा समावेश गरिएको छ ।

ग्योरोगीमा किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर गरी गल्र्स र ब्वाइजमा गरी कुल ८० तौल समूहमा प्रतिस्पर्धा भएका थिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।