काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँचौं एसियाली युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक विजेता रेनु तामाङ र प्रशिक्षक कविराज नेगी लामालाई बधाई दिएको छ ।
मंगलबार राखेपका कार्यवहाक सदस्य सचिव रामचरित्र मेहताले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी दुवैलाई बधाई दिदै आगामी दिनमा अझ सफलता प्राप्त गर्न शुभकामना दिए ।
रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियन युथ पारा गेम्समा के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि तौलसमूहमा कांस्य जितेकी थिइन् । रेनु राखेपले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेकी खेलाडी हुन् ।
कार्यक्रममा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतको उपस्थिति रहेको थियो ।
भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
