चैत्र १३, २०८२ शुक्रबार | ०३:४७:२७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बिएनए कपः गोल्डेनपिक, भ्याली पब्लिक र सेब च्याम्पियन

काठमाडौं । गोल्डेनपिक, भ्याली पब्लिक र सेब सातौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । ‘थ्री एक्स थ्री’को सिनियर ब्वाइजमा गोल्डेनपिक तथा गर्ल्समा भ्याली पब्लिक विजेता भए । सेब जुनियर ब्वाइज उपाधि (फुल कोर्ट) पहिलो स्थानमा रह्यो ।  

बसुन्धराको नमुना टोलस्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा मंगलबार गोल्डेनपिकले टिआइएलाई १९–१८ ले पराजित गर्यो । सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १३औ१० ले हरायो ।

यसैगरी जुनियर ब्वाइजको फाइनलमा सेबले एन्जल्स हार्टमाथि २३औ२२ को कठिन जित दर्ता गर्यो ।

 सिनियर ब्वाइजमा गोल्डेनपिकका सुविन तामाङ, सिनियर गर्ल्समा भ्याली पब्लिककी प्रकृति खड्का र जुनियर ब्वाइजमा जीवन खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सारथी पाठशाला, सिनियर गर्ल्समा नेचर बोर्डिङ स्कुल र जुनियर ब्वाइजमा न्युटन हाइ स्कुल अनुशासित टिम बने ।

जुनियर ब्वाइजमा थप दुई विधागत उत्कृष्टको ट्रफी पनि प्रदान गरिएको थियो । एन्जल्स हार्टका अदित पुन उत्कृष्ट ‘थ्री प्वाइन्टर’ तथा बिएनएका सिद्धान्त शर्मा (६० अंक) सर्वाधिक स्कोर भए ।

जेठ २८ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २०, सिनियर गर्ल्समा १३ र जुनियर ब्वाइजमा १२ गरि ४५ टिमले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो