नेपाली फुटबल

फत्तेमान पहिलाे पटक राष्ट्रिय टोलीमा

काठमाडौं ।  फत्तेमान घलेलाई पहिलो पटक समेट्दै  इङ्ल्यानड ‘सी’ सँगको मैत्रीपूर्ण खेलका लागि  नेपाली टोली घोषणा भएको छ ।

प्रशिक्षक भिसेन्जो एल्बर्टो एनेसले सोमबार किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरे ।

नेपालले यही बैशाख २४ गते अल्डरसटमा इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्दैछ । 

यसैगरी अनुभवी रक्षक अनन्त तामाङले भने चोटका करण इङ्ल्यान्ड भ्रमण गुमाउने भएका छन् ।

नेपाली टोली

गोलकिपरः किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार

रक्षकः छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द

मिडफिल्डरः फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बु

फरवार्डः दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट