चैत्र १७, २०८२ मंगलबार | १७:५२:५२
अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा

कान्तिपुर हाफ म्याराथन जेठ ५ मा हुने

सांकेतिक तस्बिर

काठमाडौं । कान्तिपुर पब्लिकेसन्स लिमिटेडको आयोजनामा कान्तिपुर हाफ म्याराथनको १२औं संस्करण यही जेठ ५ गते शनिबार हुने भएको छ ।

ग्लोबल आइएमइको प्रस्तुती रहेको प्रतियोगितामा चार विधा समावेश छन् । जसमा हाफ म्याराथन २१.१ किमीको हुनेछ। यसैगरी अन्य करपोरेट रन ५ किमी, कलेज रन ७ किमी, ह्विलचेयर रेस हुनेछ ।

 हाफ म्याराथनको दुवैतर्फका विजेताले जनही १ लाख प्राप्त गर्नेछन् । यसैगरी दोस्रोदेखि छैटौं स्थान हासिल गर्नेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार पाउने छन् ।

ह्विलचेयर रेसतर्फको विजेताले ३० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः २० र १० हजार पाउनेछन् । कर्पोरेट रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष तीनमा रहनेले विभिन्न पुरस्कार र गिफ्ट हृयाम्पर पाउनेछन् ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कबाट सुरु हुने हाफ म्याराथन थापाथली, माइतीघर मण्डला, वानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट सोही रुट हुँदै पुनः सेन्ट्रल विजनेस पार्कमै आएर सकिनेछ ।

कर्पोरेट दौड सेन्ट्रल विजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, वानेश्वर, सिभिल हस्पिटल अगाडिबाट फर्किएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल विजनेस पार्कमा गएर टुंगिने छ । सेन्ट्रल विजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल विजनेस पार्कमै आएर समाप्त हुनेछ ।

प्रतियोगितामा सहभागिताका लागि बिहीबारसम्म नाम दर्ता गराउन सकिने आयोजकले बताएको छ । प्रतियोगितालाई नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो