माघ ८, २०८२ बिहीबार | १८:२९:२१
नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित
शनिबारको दिन

गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका

काठमाडौं । पेरिस ओलम्पिकमा जानु अघि नै सन्तोषी श्रेष्ठको एउटा सपना थियो, त्यो २ घन्टा ४० मिनेटमा म्याराथन दुरी पार गर्ने । गोल्डेन गर्लको धाविकाको परिचय बनाएकी सन्तोषीले पेरिसमा त्यो सपना पूरा गर्न सकिनन् । २ घन्टा ५५ मिनेट ०५ सेकेन्डमा कठिन मानिएको पेरिस ओलम्पिकको म्याराथन रुटमा दुरी पूरा गरेर आफ्नो नाम लेखाएकी थिइन् । तर उनको सपना बरकरार थियो । 

झन्डै एक वर्षपछि सन्तोषीले आफ्नो सपनालाई साकार पारेकी छन् । गत महिनामात्र उनले ४२के भ्यालेन्सिया म्याराथनमा २ घन्टा ४० मिनेट २३ सेकेन्डमा दुरी पार गर्दै सपना साकार पार्नुको साथै राष्ट्रिय कीर्तिमानमा पनि उल्लेखनीय सुधार गरेकी छन् ।

मध्यम दुरीमा एकछत्र राज गरेर गोल्डेन गर्ल छवि बनाएकी सन्तोषीको अब परिचय पनि फेरिएको छ । अब उनी ‘रेकर्ड होल्डर’ धाविका बनिरहेकी छिन् । 

गत वैशाखमा मात्र सन्तोषीले लन्डन म्याराथनमा २ घन्टा ४२ मिनेट ५० सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । त्यसमा उनले दुई मिनेटको टाइमिङ सुधारेकी हुन् । 

मध्यम दुरीकी सफल धाविका सन्तोषीले दुई वर्षअघि मात्र म्याराथनतर्फ पाइला अगाडि बढाएकी हुन् । उनले बंगबन्धु म्याराथन ढाकामा २ घन्टा ४६ मिनेट २६ सेकेन्डको कीर्तिमान बनाएर म्याराथन यात्रा थालेकी थिइन् । 

मध्यम दुरीमा एकछत्र राज गरेर गोल्डेन गर्ल छवि बनाएकी सन्तोषीको अब परिचय पनि फेरिएको छ । अब उनी ‘रेकर्ड होल्डर’ धाविका बनिरहेकी छिन् । एक वर्ष पनि बितेको छैन, उनले म्याराथनमात्र होइन, हाफ म्याराथन, ५ हजार र १० मिटर दौडमा पनि राष्ट्रिय कीर्तिमान बनाएकी छन् । मध्यम दुरीमा त कीर्तिमान मात्र होइन, अन्तर्राष्ट्रिय पदक नै जितेकी छन् । सन्तोषीले गत कात्तिकमा सम्पन्न साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपको ५ र १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित दुई कांस्य जितेकी थिइन् । त्यसको एक महिनाअघि दिल्ली हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान रचेकी थिइन् । 

सन्तोषीले भनेकी छन्, ’मेरो लागि वर्ष २०२५ अविश्वसनीय रूपमा बहुमूल्य बनेको छ । २ घन्टा ४० मिनेटमा म्याराथन दौडने सपना साकार भयो । डर, आँसु, भावना र सपनाले भरिएको लामो प्रतीक्षा अन्ततः पूरा भएको महसुस गरेको छु ।’

उनी मिसन २०२६ को राष्ट्रिय प्रशिक्षणमा क्याम्पमा रहेकी सन्तोषी विभागीय टोलीभन्दा बाहिरै रहेर आफ्नो यात्रा अगाडि बढाइरहेकी छन् ।

स्पेनको भ्यालेन्सियामा विश्वभरका ८२ महिला एलिट धाविकाले प्रतिस्पर्धा गरेकामा सन्तोषीले ५८ औं स्थानमा थिइन्  । उनीभन्दा पछाडि चार धाविकाले मात्र दुरी पार गरेका थिए, धेरैले त बीचमै दौड त्यागेका थिए । तर सन्तोषीले आफ्नोका लागि विचलित भइनन् ।

कडा परिश्रम अनि प्रशिक्षक र गुरुको निरन्तर योजना, विश्वास र मार्गदर्शनमा आफूले ती उपलब्धिहरू पाएको उनको ठम्याइ छ । उनी भन्छिन्, ‘८ महिनाभित्र चार फरक विधामा ५ राष्ट्रिय रेकर्ड अझै पनि वास्तविकजस्तै लाग्दैन । यो हुनुअघि मलाई पनि असम्भव लाग्थ्यो तर निरन्तरको प्रयासले यो लायक साबित भयो । यो त्यो वर्ष हो, जसलाई मैले धेरै वर्षदेखि पर्खिरहेको थिएँ ।

सन् २०१९ नेपालमै आयोजना भएकोमा १३ औं दक्षिण एसियाली खेलकुदको महिला १० हजार मिटर दौडमा स्वर्ण जितेपछि सन्तोषी नेपाली एथलेटिक्समा छाइरहेकी छन् । नेपाली एथलेटिक्समा स्वर्ण जित्ने उनी पहिलो महिला खेलाडी पनि हुन् ।

उनी मिसन २०२६ को राष्ट्रिय प्रशिक्षणमा क्याम्पमा रहेकी सन्तोषी विभागीय टोलीभन्दा बाहिरै रहेर आफ्नो यात्रा अगाडि बढाइरहेकी छन् । अध्ययन र खेलकुदलाई समानान्तर रूपमा अघि बढारहेकी सन्तोषी सोचिरहिन्छन्, विभाग .(आर्मी, पुलिस र एपिएफ) भन्दा बाहिर रहेर पनि राष्ट्रिय च्याम्पियन बन्न सकिन्छ होला । साँच्चै आज त्यो उनका सोच र सपनाहरू सुरक्षित रूपमा अवतरण भएको छ ।