सहिद स्मारका ‘सी’ डिभिजन लिग

बराबरीमा रोकिए स्वयम्भू र मनोहरा

मनोहरा युनाइटेड

काठमाडौं । सहिद स्मारका ‘सी’ डिभिजन लिगमा बुधबार स्वयम्भू क्लब र मनोहरा युनाइटेड युवा क्लब २-२ को बरारबीमा रोकिएका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा स्वयम्भूका लागि रञ्जन पुन र प्रकाश पुनले गोल गरे । मनोहराका लागि दुवै गोल आविस्कार खड्काले गरे ।

यो नितजासँगै आठ खेलमा १४ अंक जोडेको मनोहरा चौथो स्थानमा यथावत छ । स्वयम्भू समान खेलबाट पाँच अंकका साथ १३औं स्थानमा छ ।

खेलको पाँचौं मिनेटमा रञ्जनको गोलमार्फत स्वयम्भूले अग्रता लिएको थियो । उनले डगेन्द्र राईको फ्रिकलाई नियन्त्रणमा लिँदै पोस्टको दिशा दिए । 

स्वयम्भूको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन तीन मिनेटपछि नै आविस्कारले पेनाल्टीमार्फत गोल गर्दै मनोहरालाई बराबरीमा ल्याए । गोलकर्ता रञ्जनले ह्यान्ड गरेपछि मनोहराले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा आविस्कार चुकेनन् ।

प्रकाशले ३६औं मिनेटमा गोल गर्दै स्वयम्भूलाई २-१ को अग्रता दिलाए । ६०औं मिनेटमा आवस्किारले ब्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा सकियो ।