कार्तिक २, २०८१ शुक्रबार | ०८:५३:३९
पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा विम फिसेट स्वायटेकको नयाँ प्रशिक्षकमा नियुक्त बार्सिलोनाको प्रशिक्षणमा फर्किए ओल्मो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा विम फिसेट स्वायटेकको नयाँ प्रशिक्षकमा नियुक्त बार्सिलोनाको प्रशिक्षणमा फर्किए ओल्मो

आयोजक नेपाललाई भुटानको चुनौती

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत प्रतियोगिताको दोस्रो दिन शुक्रबार समूह ‘ए’ का दुई खेल हुँदैछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

दिनको दोस्रो खेलमा आयोजक नेपालले भुटानको सामना गर्नेछ । पाँच पटकको उपविजेता नेपालले शुक्रबार तुलनात्मक रुपमा कमजोर भुटानविरुद्ध साँझ ५ः३० बजे खेल्दैछ ।

राजेन्द्र तामाङको नेतृत्वमा रहेको टोली यसपालि जसरी पनि उपाधिलाई घरमा राख्न चाहन्छ । यो उपाधि यात्रामा नेपालको पहिलो चुनौती हुनेछ फुटबलमा सुधार गरिरहेको भुटान । भुटान त्यस्तो टोली हो जसले यसपालि सबैभन्दा धेरै समय प्रशिक्षणमा बिताएको छ । त्यसैले कमजोर भनिए पनि नेपाललाई त्यति सहज भने हुनेछैन ।

भुटानी मुख्य प्रशिक्षक निकोला डेमिनले प्रतियोगिताको पूर्व सन्ध्यामा भनेकी थिइन्, ‘हामीले प्रतियोगिताका लागि तयारी सुरु गरेको ९ महिना भएको छ । हामीले प्रशिक्षण र अभ्यास दुबै राम्रो गरेका छौं, ’

डेमिनले अन्तिममा यस्तो पनि भनेकी थिइन्, ‘शुक्रबारको खेलमा हामीलाई भन्दा दबाब नेपाललाई हुनेछ । किनभने नेपाललाई घरेलु भूमिमा जितको दबाब छ ।’

डेमिनले भने जस्तै नेपाललाई भुटानविरुद्ध दबाब हुनेछ त ? प्रशिक्षणका हिसाबले भन्ने पनि यही कुरा हो । नेपालले प्रतियोगिताका लागि मात्र दुई साताको समय पाएको थियो ।

यी समयमा पनि खेलाडीहरु अपूर्ण थिए । मुख्य प्रशिक्षक राजेन्द्र तामाङ आफैले पत्रकार सम्मेलनमा गुनासो पोखेका थिए । एउटा होइन, अनगन्ती । उनले भनेका थिए, ‘फरवार्डका खेलाडी नभएर समस्या भयो । इन्ड्योरेन्स, शारीरिक र रणनीतिक पक्षमा काम गर्न पाएनौं । जति समय पायौं, त्यसलाई उपाधि जित्नका लागि प्रयोग गरेका छौं ।’

तामाङले भुटानी फुटबलका बारेमा यसो भनेका थिए, ‘भुटानलाई अब सहज प्रतिद्धन्द्धी मान्ने भ्रम गर्नुहुन्न । उनीहरुले ग्रासरुट र पूर्वाधारमा सुधार ल्याइरहेका छन् । विगत र अहिलेको भुटानमा फरक छ ।

प्रशिक्षकको प्रतिक्रिया अनुसार भुटान कमजोर टोली पक्कै पनि होइन । तर, इतिहास भने यो मान्न तयार छैन । साफमा नेपाल र भुटान कूल चार पटक एकअर्कासँग भिडेका छन् । जसमा नेपाल एकतर्फी रुपमा भुटानविरुद्ध हाबी रहँदै आएको छ ।

२०१४ यता लगातार चार संस्करण नेपाल र भुटानको भेट भएको छ । यी चार खेलमा भुटानले नेपालको पोस्टमा एक गोल पनि गर्न सकेको छैन । नेपालले भने २३ गोल गरेको छ । जसमा ८–० गोलअन्तरको जित दुई पटक सम्भव भएका छन् । यसले के बुझ्न सकिन्छ भने बुुधबारको खेलमा बलियो नेपालनै हो ।

तर, यहाँ बुझ्न पर्ने अर्को कुरा के पनि छ भने, नेपालकी गोल मेसिन फरवार्ड साबित्रा जसले भुटानविरुद्ध लगातार चार संस्करण कम्तिमा पनि एक गोल गरेकी छिन्, उनी बुधबारको खेलमा भने टोलीसँग हुने छैनन् । व्यावसायिक फुटबलमा व्यस्त साबित्रा, फ्रेन्च लिगको सेड्युल नमिलेको कारण पहिलो खेल गुमाउन लागेकी हुन् ।

साबित्राले भुटानको पोस्टमा कूल ९ गोल गरेकी छिन् । सिलिगुढीमा भएको चौंथो संस्करणमा त साबित्राले गोलको हद नै पार गरेकी थिइन् । उनले एकै खेलमा ६ गोल गरेर एक दुर्लभ कीर्तिमान बनाएकी थिइन् । साबित्रा बन्द प्रशिक्षणमा पनि समावेश भएकी थिइनन् । यस्तोमा नेपालले उनको ठाउँमा कसलाई खेलाउँला ? रश्मी कुमारी घिसिङ ? या फिर रेखा पौडेल । रेखा आफै पनि प्रतियोगिताको दुई दिनअघि मात्र टोलीमा समावेश भएकी हुन् । प्रशिक्षक तामाङ यसबारे यसो भन्छन्,‘हामीले साबित्रा नआइपुग्ने भएपछि छुट्टै रणनीति बनाएका छौं । शुक्रबार हामी भिन्न रणनीतिका साथ मैदान उत्रिनेछौं ।

सबै संस्करणमा सेमिफाइनलको यात्रा गरेको छ नेपाल पाँच पटकको उपविजेता टोली हो । भुटानले भने अघिल्लो संस्करण पहिलो पटक सेमिफाइनल खेलेको थियो । गत वर्ष समूह चरणमा श्रीलंकाविरुद्धको जित साफ इतिहासमै भुटानको पहिलो जित थियो ।

यसपालि पनि भुटान सेमिफाइनल पुग्ने दाउमा छ । प्रशिक्षक डेमिनले यसबारे यस्तो भनेका थिए, ‘हाम्रो उद्धेश्य सेमिफाइनल प्रवेश हुनेछ र सम्भावना पनि राम्रो छ ।’

यस्तै, पहिलो खेलमा माल्दिभ्स र श्रीलंका एकआपसमा खेल्नेछन् । यी दुईबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।
 


भिडियो
INDIA VS PAKISTAN POST-MATCH PRESS CONFERENCE || SAFF Women's Championship
KHELADI TALKS WITH AJAY PHUYAL II KUMAR RAI II SENIOR COACH VOLLEYBALL
KHELADI TALKS WITH AJAY PHUYAL II SUMITRA REGMI II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
Nepal Premier League को अक्सनमा दङ्ग Kiran Chemjong
विदेशी खेलाडीमा सबै टिम निर्भर : Basanta Shahi Head Coach Kathmandu Gurkhas Nepal Premier League
Subodh Tripathi Pokhara Avengers Nepal Premier League
Shakti Gauchan Consultant Coach Lumbini Lions Nepal Premier League
Gyanendra Malla Head Coach, Karnali Yaks Nepal Premier League
रोमाञ्चक जित निकाल्दै कर्णाली च्याम्पियन KARNALI YASHVIS Everest Women's Volleyball League 2024
आशा गरिएका विदेशी खेलाडी चलेनन् BHARAT YADAV COACH Madhesh United Everest Women's Volleyball League
अब जित्नको लागी नयाँ रणनीतिका साथ खेल्छौं JAGADISH BHATTA COACH Everest Women's Volleyball League
Nepal Premier League NPL II OWNERS REVEAL CEREMONY II
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024