काठमाडौं । दुई दशकअघि नेपाली फुटबलमा ‘सिडी’, ‘बाजे’, ‘खरायो’ जस्ता उपनामको चर्चा व्यापक थियो । सिडी अर्थात रक्षक राजेन्द्र तामाङ । बाजे भनेको चाहिँ सबै पोजिसनमा उत्तिकै न्याय गर्न सक्ने नवीन न्यौपानेलाई हो अनि खरायो मिडफिल्डर राजेश शाहीको नाम । यी सबै नेपाली घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दीका पूर्व खेलाडीहरू हुन् । सबैले आफ्नो करियरको उत्कर्ष समय मनाङमा खेलेर बिताए ।
त्यसो त नेपाली फुटबलमा उपनाम नभएका खेलाडी सायदै होलान । फुटबल परिवारभित्र वास्तविक नामले पुकारिने खेलाडी निकै कम छन् । यहाँ प्रसंग उपनामसँगै सानो गौचरन मैदानको पनि हो । यो मैदानले खेलाडीलाई दिएको परिचयको हो । खेलाडीभित्रको प्रतिभा निखारेर देशका लागि सक्षम खेलाडीका रूपमा रूपान्तरण गर्ने प्रकृयाको हो । आफ्नो परिवारभित्रै सीमित हुने गरी दिइएका माया मिश्रित नामको हो । त्यसैले तामाङ, शाही र न्यौपाने प्रतिनिधिपात्र मात्र हुन् ।
घरेलु फुटबलमा अश्विनको पनि भिन्न परिचय छ । उनी अश्विनभन्दा आफ्नो उपनाम ‘र्याकी’बाट घरेलु फुटबलमा परिचित छन् । संयोग के पनि छ भने अश्विनले ‘र्याकी’ उपनाम सानो गौचरन मैदानबाटै पाएका हुन् ।
अहिले त्यो पुस्ताका सबैजसो स्टारहरू प्रशिक्षकको भूमिकामा छन् । नेपाली फुटबलमा झन्डै तीन दशक बिताइसकेका उनीहरू यो खेलका पाका पात्रहरू हुन् । नयाँ पुस्ताका खेलाडीका लागि उनीहरू गुरु हुन् । खेलाडीले पुकार्ने शब्द हो, सर । अनौपचारिक रूपमा सम्बोधन गर्नु परे कसैले दाइसम्म भन्न सक्लान । नयाँ पुस्ताका पत्रकारका लागि उनीहरू दाइ हुन् । तर उनीहरू खेल्ने बेलादेखि रिर्पोटिङ गर्ने पत्रकार तथा समकालीन खेलाडीलाई अचेल पनि त्यही उपनाम प्यारो लाग्छ । एकहिसाबले उनीहरू भाग्यमानी पनि छन्, कारणवश सिर्जित उपनामले फुटबल परिवारको परिधि नाघेर समर्थकसम्म पुगिसकेको छ । बलियो परिचय दिएको छ ।
तर, दुई दशकअघिको कथा अहिले किन ? यसको कारण हो, नेपाली फुटबलमा अश्विन घोरासैनीका रूपमा यस्तो खेलाडीको उदय भएको छ जसको रोचक कथा कहीँकतै तामाङ, न्यौपाने र शाहीसँग मेल खान जान्छ । अश्विन अर्थात पछिल्लो दुई वर्षयता उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका रक्षक । घरेलु फुटबलमा अश्विनको पनि भिन्न परिचय छ । उनी अश्विनभन्दा आफ्नो उपनाम ‘र्याकी’बाट घरेलु फुटबलमा परिचित छन् । संयोग के पनि छ भने अश्विनले ‘र्याकी’ उपनाम सानो गौचरन मैदानबाटै पाएका हुन् ।
सानो गौचरन अर्थात मनाङको पूर्व प्रशिक्षणस्थल । गौचरन र मनाङको इतिहास एकदमै लामो छ । यही मैदानमा खेलाडीले बगाएको पसिनाले त हो, मनाङले नेपाली फुटबलमा आफ्नो परिचय बलियो बनाएको । विराटजंग शाही, मणि शाहदेखि वसन्त थापा, वसन्त गौचन, राजन रायमाझी, दीपक लामा, टासी छिरिङ, कुमार थापा, विनोद डंगोल, विकास मल्ल, सागर थापा, सिडी, बाजे अनि पछिल्लो पुस्तामा सुजल श्रेष्ठ, अञ्जन विष्टसम्म । सबैको गौचरनको माटोसँग राम्रो साइनो छ । मनाङले हालसम्म कीर्तिमानी सात पटक लिग उपाधि जितेको छ । सबै यही गौचरनको प्रशिक्षणले सम्भव भएको हो ।
‘अहिले त बानी भइसक्यो । गौचरन भन्नेबित्तिकै भित्रि मनदेखि जाऊँ जाऊँ लाग्छ । सानो गौचरनमा बल हान्न पाएन भने दिनको सुरुआत नै कस्तो कस्तो खल्लो हुन्छ,’ अश्विन सुनाउँछन्, ‘गौचरन मेरो दोस्रो घर हो ।’
अब कुरा आयो अश्विनको । वर्तमान परिवेशमा अश्विन गौचरनका स्टार खेलाडीमध्ये एक हुन् । ७-८ वर्ष भइसक्यो, अश्विनले गौचरनमा अभ्यास गर्दै आएको । हाल एन्फाका उपाध्यक्ष सानो गौचरनका स्थानीय वासिन्दा विराटजंग शाहीले कुनै बेला भनेका थिए, ‘सानो गौचरन जान पाइएन भने त खाना पनि रुच्दैन, के नपुगे के नपुगे जस्तो लाग्छ ।’
अश्विनको हकमा पनि यो लागू हुन्छ । बिहान सबेरै मैदान पुग्नुपर्छ, अश्विन र उनका साथीहरू फुटबल प्रशिक्षण गरिरहेका भेटिन्छन् । उनीहरू दैनिक ३ घण्टा अभ्यासमा बिताउँछन् । अश्विनलाई पनि गौचरन गएन भने शाहीलाई जस्तै हुन्छ, के नपुगेकै जस्तो ।
‘अहिले त बानी भइसक्यो । गौचरन भन्नेबित्तिकै भित्रि मनदेखि जाऊँ जाऊँ लाग्छ । सानो गौचरनमा बल हान्न पाएन भने दिनको सुरुआत नै कस्तो कस्तो खल्लो हुन्छ,’ अश्विन सुनाउँछन्, ‘गौचरन मेरो दोस्रो घर हो ।’
सिन्धुपाल्चोक घर भएका अश्विन १२ वर्षयता काठमाडौंमा छन् । सुरुआती वर्षहरू तीनकुनेमा बिताएका उनी परिवारसहित कालोपुल सरेको पाँच वर्ष जति भयो । उनको घर र गौचरन मैदानबीचको पैदल दूरी जम्मा ५ मिनेटको छ । अश्विन सुरु सुरुमा एक्लै प्यारापिटमा बसेर मनाङको प्रशिक्षण हेर्दै समय बिताउँथे । विस्तारै चप्पल लगाएर मैदानको छेउमा गएर बल हान्न थाले । पछि बुट लगाएर खेल्न जोस जागेपछि आमासँग बुट किनिदिन अनुरोध गरे । बुट किनेपछि अश्विनले प्रशिक्षक पुकार थापासँग सानो गौचरन एकेडेमीमा औपचारिक प्रशिक्षण यात्रा थाले ।
फुटबलको सुरुआती दिनबाट नै र्याकी भनेर चिनिएका अश्विनलाई फुटबलमा लागेकाहरू कमैले वास्तविक नामबाट बोलाउँछन् । कत्तिलाई त उनको वास्तविक नाम पनि थाहा छैन । थाहा भए पनि बोलाउन अप्ठ्यारो लाग्छ ।
गौचरनमा प्रशिक्षण गर्न थालेको एक दुई हप्तामै उनले आफ्नो उपनाम पाइहाले । सानैबाट बार्सिलोनाको फ्यान भएका कारण अश्विन बार्सिलोनाको जर्सीमा बढी देखिन्थे । एकदिन सँगै प्रशिक्षण गर्ने एकजना सिनियरले अश्विनमा बार्सिलोनाका मिडफिल्डर इभान राकेटिच देखेछन् । बार्सिलोनाको जर्सी त्यसमाथि राकेटिचको अनुहारसँग हुबहु मिल्ने । त्यस दिनदेखि उनलाई सबैले राकेटिच भनेर बोलाउन थाले ।
‘यु-१८ लिग खेलिसकेका दाइहरूमध्ये एकजनाले राखिदिएको नाम हो । ठ्याक्कै को हो याद भएन । सुरुमा राकेटिच भन्न थाले, विस्तारै र्याकी–र्याकी भन्न थाले । सुरूमा त कसैले नचिन्ने, इभान राकेटिच जस्तो छ भनेर हो हल्ला भएपछि सबैको नजरमा परिहालें,’ अश्विन सुरुआती दिन सम्झिन्छन् ।
नेपालको प्रतिनिधित्व गर्दा कसैलाई लाग्दो हो उनी असोजमा जन्मेका कारण उनको नाम अश्विन पो राखिएको हो कि ? तर, त्यस्तो होइन । उनी जन्मिएको चैत महिनामा हो । खास कुरा के हो भने अश्विन परिवारका कान्छो छोरा हुन् । दाइको नाम अशोक भएका कारण परिवारले उनको नाम अश्विन राखिदिएका हुन् । अर्को कुरा अश्विनलाई मनपर्ने खेलाडी अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी हुन् । मेसीकै कारण उनले बार्सिलोना मन पराएका हुन् । यसबाहेक उनलाई ड्यानी अल्भेसको खेल पनि उत्तिकै मनपर्छ । राकेटिचप्रति पनि अश्विनको सम्मान उत्तिकै छ ।
फुटबलको सुरुआती दिनबाट नै र्याकी भनेर चिनिएका अश्विनलाई फुटबलमा लागेकाहरू कमैले वास्तविक नामबाट बोलाउँछन् । कत्तिलाई त उनको वास्तविक नाम पनि थाहा छैन । थाहा भए पनि बोलाउन अप्ठ्यारो लाग्छ । एउटा रमाइलो कथा र्याकीसँग जोडिएको के पनि छ भने उनीसँगै फुटबल खेलेका एकजना साथी एकदिन नराम्ररी झुक्किएका छन् । दुई वर्षअघि अश्विन यु-१७ को खुला छनोटका लागि ट्रायलमा आएका थिए । प्रारम्भिक छनोटको सूची आउँदा साथीले र्याकीको नाम भेट्टाएन छन् । त्यसपछि साथीले सोध्न भ्याएछन्, ‘ओइ ! छनोट खेल्न गइनस् ? त्यतिबेला अश्विनले हाँस्दै सुनाएका थिए, ‘मेरो वास्तविक नाम अश्विन हो, र्याकी होइन ।’
दुई वर्षअघि श्रीलंकामा भएको साफ यु-१७ च्याम्पियनसिप अश्विनले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसयता उनले थप चार प्रतियोगितामा नेपालको जर्सी लगाएका छन् । अश्विन कतिसम्म भर गर्न सकिने खेलाडी हुन् भने उनी कहिल्यै बेन्चमा बस्नुपरेन । भुटानविरुद्ध पहिलो पटक मैदानमा उत्रिएका अश्विनले त्यसपछि फर्केर हेर्नुपरेको छैन । फेरि यो अवसर उनले त्यत्तिकै पाएका पनि होइनन् । यसका पछाडि अश्विनको खेल कौशल र धैर्य त छँदै थियो, यसबाहेक उनलाई भाग्यले पनि साथ दियो । कसरी त ?
श्रीलंकापछि भियतनाममा भएको एएफसी यु-१७ एसियन कप छनोट, घरमै भएको साफ यु-१९ र यु-२० च्याम्पियनसिप र भर्खरै चाइनिज ताइपेईमा सम्पन्न एएफसी यु-२० एसियन कप छनोटमा अश्विनले राष्ट्रको प्रतिनिधित्व गरे ।
श्रीलंकाका लागि एन्फाले सातदोबाटोस्थित आफ्नो मुख्यालयमा देशव्यापी खुला छनोट गरेको थियो । प्रारम्भिक छनोटबाट तेस्रो चरणका लागि ६० खेलाडी छानिएका थिए । जसमा अश्विन पनि थिए । त्यसको एक दिनपछि चौथो चरणका लागि छानिएको ४५ खेलाडीमा भने अश्विन अटाएनन् । जसका कारण उनी पहिलो पटक फुटबलका कारण रोएका थिए ।
‘देशका लागि खेल्ने सपना बुनिरहेको थिएँ । तर, बेलुका हेर्दा मैले आफ्नो नाम नै भेट्टाइनँ । फेरि दोहोर्याएर तलबाट माथिसम्म हेरेँ । साँच्चिकै रहेनछ । स्कुलमा सँगै खेल्ने, सँगै पढ्ने, सँगै खाने साथीहरू (रुविन बोगटी, गौरव महर्जन)को नाम देखें । एकदमै चित्त दुख्योे,’ अश्विन भावुक हुन्छन्, ‘राम्रै खेलें जस्तो लागेको थियो । ओछ्यानमा पल्टिरहेको थिएँ । आँखाबाट आँसु झरिहाल्यो । त्यतिबेला आमाले मलाई ‘विस्तारै पालो आइहाल्छ नि’ भनेर हौसला दिनुभएको थियो ।’
अश्विनसँगै त्यतिबेला सुवास बम पनि टोलीमा अटाएका थिएनन् । सुवासले उमेर समूहमा आफूलाई सुपरस्टार खेलाडीको रूपमा उभ्याइसकेका छन् । तर, कथा यत्तिकैमा कहाँ सकिन्थ्यो र । १०-१२ दिनको अन्तरालपछि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अश्विनसँगै सुवासलाई बन्द प्रशिक्षणमा पुनः बोलाएछन् । भएको के थियो भन्दा ३० खेलाडीबाट २३ सदस्यीय टोलीको छिनोफानो हुँदै थियो । त्यसै क्रममा केही खेलाडी एमआरआइमा फेल भएछन् । बढी उमेर भएकै कारण ती खेलाडीले साफ गुमाउने भएछन् । उमेर बढी हुनेमा रक्षापंक्तिमा धेरै खेलाडी थिए । त्यसैले प्रशिक्षक श्रेष्ठले अश्विन र सुवास अनि अन्य सम्भावित खेलाडीलाई क्याम्पमा बोलाउन ढिला गरेनन् । पछि श्रीलंका जाने २३ सदस्यीय टोलीमा पनि यी दुई अटाइए । यतिमात्र कहाँ हो र, दुवैले श्रीलंकामा पहिलो रोजाइमै खेले । फरवार्ड सुवासले त्यसपछि यु-१६ र भर्खरै भुटानमा सम्पन्न यु-१७ प्रतियोगितामा कप्तानको हैसियतमा नेपाली टोलीको नेतृत्व गरे ।
‘म सधैं पेनाल्टी कन्फिडेन्ट भएर हान्छु । भुटानविरुद्ध पनि हान्न मन थियो । तर, प्रशिक्षकको पनि आफ्नो प्लान हुन्छ । आक्रमण रणनीति अपनाउनु परेका कारण मलाई प्रतिस्थापन गरिएको थियो,’ अश्विनले भने, ‘यु-१९ मा प्रशिक्षक सुनिल (श्रेष्ठ) ले मलाई विश्वास गर्नुभएको थियो । प्रशिक्षणमा पनि मैले राम्रै गरिरहेको थिएँ ।’
श्रीलंकापछि भियतनाममा भएको एएफसी यु-१७ एसियन कप छनोट, घरमै भएको साफ यु-१९ र यु-२० च्याम्पियनसिप र भर्खरै चाइनिज ताइपेईमा सम्पन्न एएफसी यु-२० एसियन कप छनोटमा अश्विनले राष्ट्रको प्रतिनिधित्व गरे । भियतनाम र चाइनिज ताइपेईमा नेपालको प्रदर्शन बिर्सनलायकको रह्यो । गत वर्ष त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न यु-१९ साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा घरेलु समर्थकको बाक्लो उपस्थितिबीच टाइब्रेकरमा भारतसँग पराजित भएको थियो । त्यस्तै गत महिना एन्फा मुख्यालय मैदानमा नेपालले फाइनलमा बंगलादेशसँग ४-१ को पराजय बेहोरेको थियो ।
गत वर्ष सेमिफाइनलमा भारतसँग पीडादायी हार बेहोर्दा पहिलो पेनाल्टी अश्विनले नै हानेका थिए । उनी र कुशल देउवाको प्रहार गोलमा परिणत हुँदा अन्य तीन खेलाडी गोल गर्न असफल भएका थिए । यसपालि एन्फामा भने भुटानलाई पेनाल्टी सुटआउटमा हराउन नेपाललाई गाह्रो भएन । सेमिफाइनलमा भुटानलाई हराउँदा नेपालका सबै पेनाल्टी गोलमा परिणत भएका थिए । आश्चर्यजनक कुरा के छ भने भुटानविरुद्ध प्रशिक्षक उर्जन (श्रेष्ठ) ले अश्विन र कप्तान कुशल दुवैलाई प्रतिस्थापन गरिसकेका थिए ।
‘म सधैं पेनाल्टी कन्फिडेन्ट भएर हान्छु । भुटानविरुद्ध पनि हान्न मन थियो । तर, प्रशिक्षकको पनि आफ्नो प्लान हुन्छ । आक्रमण रणनीति अपनाउनु परेका कारण मलाई प्रतिस्थापन गरिएको थियो,’ अश्विनले भने, ‘यु-१९ मा प्रशिक्षक सुनिल (श्रेष्ठ) ले मलाई विश्वास गर्नुभएको थियो । प्रशिक्षणमा पनि मैले राम्रै गरिरहेको थिएँ ।’
अश्विनले सानो गौचरनमा पुकार (थापा) बाट सुरुआती प्रशिक्षण लिए । विस्तारै अश्विनको फुटबल प्रशिक्षणमा नवीन (न्यौपाने) पनि जोडिन पुगे । न्यौपानेबाट पनि अश्विनले धेरै सिक्ने मौका पाए । शीर्ष डिभिजनको अनुभव लिन बाँकी रहेका अश्विनले २०२१ मा सानो गौचरन र २०२२ मा सानेपाबाट ‘सी’ डिभिजन लिग खेलेका थिए । यु-१९ मा गरेको प्रदर्शनकै आधारमा उनले नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा भएको दोस्रो संस्करणको नेपाल सुपर लिगमा च्याम्पियन ललितपुर सिटीको टोलीमा समावेश हुने मौका पाए ।
‘करिम खेल्न नपाउने भएपछि कसलाई खेलाउँदा राम्रो होला भनेर हामीबीच कुरा भएको थियो । पछि प्रशिक्षणमा राम्रो प्रदर्शन गरिरहेकाले अश्विनमाथि हामीले विश्वास गर्यौं । सानै उमेर भए पनि अश्विनमा परिपक्वता थियो,’ ललितपुरका कप्तान अनन्तले सुनाए, ‘मैले अश्विनमा सम्भावना देखेको छु । यसरी नै मिहिनेत गर्दै गए भने भाइ भोलिको दिनमा राष्ट्रिय टोलीमा आउँछ भन्ने विश्वास छ ।’
शीर्ष डिभिजनको अनुभव नभएका कारण अक्सनमा नाम दर्ता गर्न नपाएका अश्विनले आफू पढेको विद्यालय पिस प्वाइन्ट स्कुलका संस्थापक प्रधानाध्यापक इशु गुरुङको पहिचानका आधारमा ललितपुरमा ट्रायलका लागि जाने अवसर पाएका थिए । ललितपुरका गोलकिपिङ प्रशिक्षक थिए, प्रवीण श्रेष्ठ । श्रेष्ठ श्रीलंका गएको यु-१७ टोलीमा पनि गोलकिपर प्रशिक्षक थिए । श्रेष्ठ, अश्विनको क्षमताबारे जानकार थिए । त्यसैले पनि ललितपुरको बाटो अश्विनका लागि सहज भयो । अश्विनले पूरा प्रतियोगितामा एक खेल मात्र खेल्न पाए । जुन खेलमा उनले आफू सबैखाले फुटबल चुनौतीका लागि तयार रहेको प्रमाण प्रदर्शनबाट दिए ।
ललितपुरका मुख्य खेलाडी सेन्टर ब्याक ओमोलाजा करिमले दुई पहेँलो कार्ड सामना गरेका कारण काठमाडौं रेजर्सविरुद्ध इलिमिनेटर गुमाउने भएपछि ललितपुरलाई उपाधि यात्रामा धक्का पुगेको थियो । त्यतिबेला उनको ठाउँमा कसलाई खेलाउने भन्ने चर्चा चलेको थियो । अन्त्यमा त्यो मौका अश्विनले पाए । मैदान छिर्नु अगाडि सहकर्मी सनिश (श्रेष्ठ) र अनन्त (तामाङ)ले उनलाई एकदमै धेरै हौसला प्रदान गरेको अश्विन सम्झन्छन् । भन्छन्, ‘दाइहरू सकारात्मक हुनुहुन्थ्यो । तँ सक्छ्स् भाइ, केही भयो भने हामी छौं भनेर दाइहरूले भन्नुभएको थियो ।’
मुख्य प्रशिक्षक इयान गिलनले पनि अश्विनलाई सजिलो गरि खेल, नआत्तिउ भनेर सम्झाएका थिए । अन्त्यमा करिमको अनुपस्थितिका बावजुत ललितपुरले खेल ३-० को नतिजामा जित्यो । पछि धनगढीलाई ३-२ ले हराउँदै ललितपुर च्याम्पियन भयो ।
अचेल अश्विन फेरि स्थानीय क्लब बिएफजीसँगै सानो गौचरनमा प्रशिक्षण गर्छन् । गैरनाफामूलक क्लबको जिम्मेवारी घानाका प्रशिक्षक एरिक बोलले लिइरहेका छन् । आधिकारिक रूपमा क्लबमा नजोडिए पनि अश्विन आफूलाई फिट राख्न अनि अन्य खेलाडीहरूलाई सहयोग गर्ने उद्देश्यका साथ मैदान गइरहन्छन् ।
‘करिम खेल्न नपाउने भएपछि कसलाई खेलाउँदा राम्रो होला भनेर हामीबीच कुरा भएको थियो । पछि प्रशिक्षणमा राम्रो प्रदर्शन गरिरहेकाले अश्विनमाथि हामीले विश्वास गर्यौं । सानै उमेर भए पनि अश्विनमा परिपक्वता थियो,’ ललितपुरका कप्तान अनन्तले सुनाए, ‘मैले अश्विनमा सम्भावना देखेको छु । यसरी नै मिहिनेत गर्दै गए भने भाइ भोलिको दिनमा राष्ट्रिय टोलीमा आउँछ भन्ने विश्वास छ ।’
अनन्त र अश्विनमा अर्को एउटा रमाइलो प्रशंग पनि छ । खेलाडी डटकमले अनन्तलाई अश्विनका बारेमा बुझ्न खोज्दा अनन्त एकछिन सोचमग्न भएका थिए । उनले सुरुमा त अश्विनलाई चिन्दै चिनेनन् । अनि त्यसपछि फेसबुकमा अश्विनलाई खोज्ने प्रयास गरे । त्यसपछि हाँस्दै अनन्तले भने, ‘ए ! र्याकी भाइ पो ।’
र्याकीका लागि फुटबल प्यासन हो भने गौचरन इमोसन । गौचरनप्रति उनको लगाव यतिसम्म छ कि साफ यु-२० आउन एक महिना मात्र बाँकी रहँदा पनि उनी मुसलधारे पानीमा हिलाम्य मैदानमा प्रशिक्षण गरिरहेका थिए ।
एनएसएलपछि अश्विन ‘बी’ डिभिजन लिगको तयारीमा लागे । उनी च्यासल क्लबसँग सम्झौतामा थिए । तर, एन्फाको चरम लापरबाहीका कारण लिग नै भएन । अहिले उनी कहिले लिग होला र खेलौंला भनेर कुरिरहेका छन् ।
अचेल अश्विन फेरि स्थानीय क्लब बिएफजीसँगै सानो गौचरनमा प्रशिक्षण गर्छन् । गैरनाफामूलक क्लबको जिम्मेवारी घानाका प्रशिक्षक एरिक बोलले लिइरहेका छन् । आधिकारिक रूपमा क्लबमा नजोडिए पनि अश्विन आफूलाई फिट राख्न अनि अन्य खेलाडीहरूलाई सहयोग गर्ने उद्देश्यका साथ मैदान गइरहन्छन् ।
र्याकीका लागि फुटबल प्यासन हो भने गौचरन इमोसन । गौचरनप्रति उनको लगाव यतिसम्म छ कि साफ यु-२० आउन एक महिना मात्र बाँकी रहँदा पनि उनी मुसलधारे पानीमा हिलाम्य मैदानमा प्रशिक्षण गरिरहेका थिए । उनीसँगै थिए यु-२३ राष्ट्रिय टोलीमा नेपालको प्रतिनिधित्व गरिसकेका मिडफिल्डर सन्तोष खत्री । साफ आउँदै छ, आफ्नो स्वास्थ्यको ख्याल छैन ? चिप्लिएर लडियो भने नि ? भन्ने प्रश्नमा अश्विनको जवाफ यस्तो थियो, ‘सबैजना खेलिरहेको देख्दा म आफूलाई कन्ट्रोल नै गर्न सक्दिनँ । गौचरन भनेको मेरो लागि सबैथोक हो । कुनै बेला दायाँ घुँडामा चोट लाग्दा टेपिङ गरेर बायाँ खुट्टाको भरमा पनि फुटबल खेलेको छु । घाइते भए पनि यत्तिकै उभिएर मात्रै पनि बल टचहरू गरिदिने गर्ने गरेको छु ।’
‘झरीमा खेल्न रमाइलो लाग्छ । फेरि नेपालबाट खेल्दा पनि झरीमा खेल्नुपर्ने स्थिति आउन सक्छ नि, यो त्यसको तयारी हो,’ हाँस्दै अश्विनले थपे ।
अश्विनले भने जस्तै चाइनिज ताइपेइमा नेपालले कम्बोडिया र घरेलु टोलीसँग भारी वर्षामा प्रतिस्पर्धा गरेको थियो ।