कार्तिक २, २०८१ शुक्रबार | ०९:१२:४९
पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा विम फिसेट स्वायटेकको नयाँ प्रशिक्षकमा नियुक्त बार्सिलोनाको प्रशिक्षणमा फर्किए ओल्मो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा विम फिसेट स्वायटेकको नयाँ प्रशिक्षकमा नियुक्त बार्सिलोनाको प्रशिक्षणमा फर्किए ओल्मो

बलियो भारतविरुद्ध पाकिस्तानको लडाइँ, भारतीय कप्तान आशालताका लागि विशेष दिन

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) माहिला च्याम्पियनसिप २०२४ को उद्घाटन खेलमा बिहीबार पाकिस्तानले भारतको सामना गर्दैछ । समूह ‘ए’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० बजे सुरु हुनेछ ।

अघिल्लो संस्करणमा पनि पाकिस्तानले आफ्नो पहिलो खेलमा भारतको सामना गरेको थियो । त्यतिबेला अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरिरहेको पाकिस्तानविरुद्ध पाकिस्तानले ३-० को सहज जित हासिल गरेको थियो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तेस्रो पक्षको हस्तक्षेपका कारण पाकिस्तान फुटबल महासंघ (पिएफएफ) लाई पटक-पटक निलम्बन गरेको थियो । जसका कारण पाकिस्तानी टोली सबैखाले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट बन्चित भएको थियो ।

साफ च्याम्पियनसिपमा पाकिस्तानको यो पाँचौं सहभागिता हो । प्रतियोगिता सातौं संस्करणसम्म आइपुग्दा पाकिस्तानले यसबीच २०१६ र २०१९ को संस्करण गुमाएको थियो । दशरथ रंगशालामा नै भएको अघिल्लो संस्करणमा पाकिस्तानले भारतविरुद्ध खेल्दै पुनरागमन गरेको हो । त्यसपछि उसले बंगलादेशविरुद्ध पनि ६-० को फराकिलो हार ब्यहोरेको थियो । यसपालि पनि उही बलियो भारतविरुद्ध खेल्दै पाकिस्तानले साफ यात्रा थाल्दैछ । अनि उसको समूहमा फेरि पनि बंगलादेश छ । बंगलादेश आफैँमा साबिक विजेता हो । फेरि पनि पाकिस्तान कठीन समूहमा परेको छ ।

यद्यपि पाकिस्तानी कप्तान मारिया खान साफ यात्राका लागि तयार छिन् । उनी भन्छिन्, ‘फुटबल भनेको नै यही नै त हो नि । फुटबलमा सँधै शीर्ष स्तरका प्रतिद्धन्द्धीसँग खेल्नुपर्ने हुन्छ । साफ च्याम्पियनसिप हामी दक्षिण एसियाली देशका लागि विश्वकप सरह हो । पाकिस्तानी टोली यो कठीन परिक्षाका लागि तयार छ ।’

साफमा पाकिस्तान र भारतबीच अहिलेसम्म दुई खेल मात्र भएका छन् । पहिलो खेल १४ वर्षअघि पहिलो संस्करणमा भएको थियो । भारतले त्यतिबेला सेमिफाइनल भिडन्तमा पाकिस्तानलाई ८-० को लज्जास्पद हार चखाएको थियो । बिहीबार उनीहरु तेस्रो पटक प्रतिष्ठाका लागि खेल्दैछन् । विश्व खेलकुदमा भारत र पाकिस्तानबीचको राइभलरी कसलाई पो थाहा छैन र । क्रिकेट होस् या हक्की अनि पछिल्लो समयमा ज्याभलिन थ्रो पनि । दुई देशको ध्यान बिहीबारको खेलमा हुने नै भयो । यो खेलले अन्य दर्शकको पनि ध्यान पक्कै तान्नेछ । पाकिस्तानी प्रशिक्षकले यसबारे पत्रकार सम्मेलनमा यसो भनेका थिए, ‘साफ च्याम्प्यिनपसिपको पहिलो खेल नै पाकिस्तान र भारतबीच छ । यो भन्दा रमाइलो कुरा अरु हुन सक्दैन ।’

दोस्रो र तेस्रो संस्करण अर्थात २०१२ र २०१४ मा भने पाकिस्तान समूह चरणभन्दा माथि जान सकेको थिएन । उता भारत भने प्रतियोगिताकै सर्वाधिक सफल टोली हो । यो प्रतियोगितामा भारतको एकतर्फी राज छ । अघिल्लो संस्करण भने बंगलादेशले डेढलक तोडेको थियो । बंगलादेशसँग सेमिफाइनलमा ३-० ले पराजित भारत सेमिफाइनलमा नेपालसँग पराजय ब्यहोर्दै पहिलो पटक फाइनल खेल्न बञ्चित भएको थियो । त्यसअघि भारतले लगातार पाँच संस्करण उपाघि जितेको थियो । त्यसैले पनि दक्षिण एसियाको पावरहाउस भारतलाई यसपालि साख जोगाउने र उपाधि घर लैजाने दबाब छ । तर, मुख्य प्रशिक्षक सन्तोष कस्यप भने टोलीमा कुनै पनि दबाब नरहेको प्रस्ट पार्छन् । कस्यापले बुधबार प्रतियोगिताको पूर्वसन्ध्यामा भनेका थिए, ‘मलाई दबाब भन्ने शब्दमा विश्वास लाग्दैन । जो रणनीतिक रुपमा बलियो छ, उसले उपाधि जित्ने हो । यसपालि हाम्रो तयारी राम्रो भएको छ । पर्याप्त समय नपाएता पनि हामी साफमा मनोरञ्जनात्मक आक्रमक खेल प्रस्तुत गर्नेछौं ।’

इण्डियन सुपर लिग (आइएसएल) क्लब ओडिसा एफसीका पूर्व सहायक प्रशिक्षक कास्यपले गत महिना मात्र भारतीय महिला टोलीको जिम्मेवारी सम्हालेका थिए । बिहीबार ठ्याक्कै उनको जिम्मेवारीमा ३० दिन पूरा हुँदैछ । उनी महिला फुटबलका बारेमा त्यति जानकार भने होइनन् । तर, तीन हप्ताको समयमा आफूले सक्दो प्रयास गरेको बताउँछन् ।

‘वास्तवमा मलाई महिला फुटबलको बारेमा केही पनि थाहा छैन । अनुसन्धान गर्ने समय पनि मिलेन । विभिन्न स्रोतका अनुसार सहभागी टोली सबै राम्रा छन् भन्ने बुझेको छु । प्रशिक्षण समय कम भएता पनि मलाई मेरा खेलाडीहरुप्रति पूर्ण रुपमा विश्वास छ । उनीहरु स्मार्ट छन्,’ ५८ वर्षीय कास्यपले भने ।

भारतमा यसपालि युवा, अनुभवि अनि स्तरीय खेलाडीको समिश्रण छ । अघिल्लो संस्करण खेलेका २३ खेलाडीमध्ये यसपालि ११ जना मात्र टोलीमा समावेश छन् । घुँडाको चोटका कारण अघिल्लो संस्करण गुमाएकी एनग्याङगम बाला देवीको पुनरागमनले टोलीमा उर्जा थपिएको छ । उत्तर पूर्वी भारतको राज्य मनिपुरकी बाला देवी भारतीय फुटबलमा गोल मेसिनका रुपमा परिचित छिन् । पाकिस्तानविरुद्ध गोल गर्ने हो भने उनले ५० गोलको आँकडा पूरा गर्नेछिन् । दक्षिण एसियाका सर्वाधिक गोलकर्ता सावित्रा भण्डारीभन्दा बाला देवी मात्र चार गोलले पछि छिन् । सावित्रालाई उछिन्ने अवसर पनि बाला देवीसँग छ । सावित्राले अन्तर्राष्ट्रिय फुटबलमा ५३ गोल गरेकी छिन् ।

‘बालाको आगमनले सबै खेलाडी उत्साहित छन् । बालाको अनुभव हाम्रो छैंटौं उपाधि यात्राका लागि विशेष रहनेछ,’ मनीपूरकै स्थानीय, कप्तान आशालता देवीले बताइन् । बाला देवीसँगै आशलता पाकिस्तानविरुद्ध हेर्नलायक खेलाडी हुन् । ३१ वर्षीय आशलता लगातार तेस्रो पटक देशको नेतृत्व गर्दै छिन् । उनका लागि पनि पाकिस्तानविरुद्धको खेल खास छ । २०११ मा सिनियर टोलीमा डेब्यू गरेकी रक्षक आशालताले पाकिस्तानविरुद्ध आफ्नो १००औं अन्तर्राष्ट्रिय क्याप पूरा गर्नेछिन् । भारतीय महिला फुटबलमा यो एउटा दुर्लभ कीर्तिमान हो ।

पाकिस्तानका लागि हेर्नलायक खेलाडी हुन् मिडफिल्डर तथा कप्तान मारिया अनि फरवार्ड नादिया खान । दुवै ओभरसिज खेलाडीहरु हुन् । मारिया अमेरिकी मूलकी हुन् भने नादिया इङ्ल्यान्डकी । नादियाले गत संस्करण माल्दिभ्सविरुद्ध चार गोल गरेकी थिइन् । त्यतिबेला टोली ७-० को फराकिलो विजयी प्राप्त गरेको थियो । टोलीमा यसपालि ६० प्रतिशत नयाँ अनुहार छ । माल्दिभ्सविरुद्धको जितयता दुई अन्तर्राष्ट्रिय खेलमा मात्र जित हासिल गरेको पाकिस्तानले १० खेल खेल्दा पाँचमा हार ब्यहोरेको छ भने तीन बराबरी खेलेको छ ।

भारतले पनि पछिल्लो १० खेलमा मात्र दुईमा जित हासिल गरेको छ । भारतले ६ खेलमा हार ब्यहोर्दा दुई खेल बराबरीमा टुंगिएको थियो ।

बिहीबार अनुभवी र लिग संरचनामा व्यस्त रहेका खेलाडीको समिश्रण रहेको भारत पाकिस्तानविरुद्ध हाबी रहने अनुमान गर्न सकिन्छ । 


भिडियो
INDIA VS PAKISTAN POST-MATCH PRESS CONFERENCE || SAFF Women's Championship
KHELADI TALKS WITH AJAY PHUYAL II KUMAR RAI II SENIOR COACH VOLLEYBALL
KHELADI TALKS WITH AJAY PHUYAL II SUMITRA REGMI II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
Nepal Premier League को अक्सनमा दङ्ग Kiran Chemjong
विदेशी खेलाडीमा सबै टिम निर्भर : Basanta Shahi Head Coach Kathmandu Gurkhas Nepal Premier League
Subodh Tripathi Pokhara Avengers Nepal Premier League
Shakti Gauchan Consultant Coach Lumbini Lions Nepal Premier League
Gyanendra Malla Head Coach, Karnali Yaks Nepal Premier League
रोमाञ्चक जित निकाल्दै कर्णाली च्याम्पियन KARNALI YASHVIS Everest Women's Volleyball League 2024
आशा गरिएका विदेशी खेलाडी चलेनन् BHARAT YADAV COACH Madhesh United Everest Women's Volleyball League
अब जित्नको लागी नयाँ रणनीतिका साथ खेल्छौं JAGADISH BHATTA COACH Everest Women's Volleyball League
Nepal Premier League NPL II OWNERS REVEAL CEREMONY II
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024