चैत्र १२, २०८२ बिहीबार | २३:५०:५८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एपिएफ एक अगावै फाइनलमा

तस्विरः क्यान

काठमाडौं । साविक विजेता नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि जारी राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार एपिएफले ललितपुर मेय-११ विरुद्ध आठ विकेटको सहज जित निकाल्यो ।

जितसँगै तीन खेलमा ६ जोडेको एपिएफ एक खेल अगावै फाइनल प्रवेश गरेको छ । पराजित ललितपुरको समान खेलबाट दुई अंक छ ।

तस्विरः क्यान

ललितपुरले प्रस्तुत गरेको ७१ रनको लक्ष्य एपिएफले ९.४ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो । एपिएफका लागि कप्तान सीता रानामगरले ३५ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरिन् । यसैगरी ममता चौधरीले १६ रन बनाइन् ।

पहिलो विकेटका लागि सीता र पूजाले ७० रनको साझेदारी गरे । ललितपुरका लागि दुवै विकेट किर्तिका मरासिनीले लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा पाँच जिकेट गुमाउँदै ७० रनको योगफल तयार पारेको थियो ।

तस्विरः क्यान

ललितपुरका लागि पूजा महतोले २४ र ज्योत्निका मरासिनीले २१ रन बनाउँदा उन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपिएफका लागि रेखा रावल र सीता रानामगरले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो