मंसिर १७, २०८२ बुधबार | ०६:१४:१२
एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई रसिङ्टन चम्किँदा पोखराले कर्णालीलाई दियो विशाल लक्ष्य कर्णालीविरुद्ध रसिङ्टनको शतक एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई रसिङ्टन चम्किँदा पोखराले कर्णालीलाई दियो विशाल लक्ष्य कर्णालीविरुद्ध रसिङ्टनको शतक

बागमतीको पहिलो जित

तस्विरः क्यान

काठमाडौं । बागमती प्रदेशले ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी २० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बगमतीले कोशी प्रदेशविरुद्ध आठ विकेटको जित निकाल्यो ।

जितसँगै बागमतीले तीन खेलमा दुई अंक जोडेको छ । तीनै खेलमा पराजित कोशी अंकविहिन छ ।

कोशीले प्रस्तुत गरेको ६४ रनको लक्ष्य बागमतीले ११.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । वर्षाका कारण खेललाई १३ ओभरमा झारिएको थियो । बागमतीका लागि याशु पाण्डले २६, कञ्चन श्रेष्ठ र खुशी डंगोलले समान ११ तथा हेलिशा गुरुङले १० रन बनाए ।

कोशीका लागि हिरनमायी रोय र कप्तान अप्सरी बेगमले समान एक विकेट लिए ।

तस्विरः क्यान

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ६४ रनको योगफल तयार पारेको थियो । कोशीका लागि अप्सरी बेगमले ३५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि खुशी डंगोल र मनिष उपाध्यायले समान दुई विकेट लिए ।

बुधबार नै  नेपाल एपिएफ क्लबले ललितपुर मेयर ११ लाई आठ विकेटले पराजित गर्यो ।

 


भिडियो
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2