मंसिर २९, २०८२ सोमबार | १८:०३:२१
यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन

यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु-१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो खेलमा पराजय बेहोरेको छ ।

सोमबार दुबईको दि सेभेन्स रंगशालामा नेपाल बंगलादेशसँग सात विकेटले पराजित भयो । नेपालले दिएको १३१ रनको सामान्य लक्ष्य बंगलादेशले २४.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

बंगलादेशको जितमा ओपनर जावद अब्रारले ६८ बलमा चार चौका र तीन छक्कासहित ७० रनको सानदार पारी खेले । त्यस्तै चौथो नम्बरमा आएका कलाम सिद्दिकीले ३४ रनको योगदान गरे । रिजन होस्सनले १२ रन जोडे ।

नेपालका लागि अभिशेष तिवारी र युवराज खत्रीले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१.१ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै मात्र १३० रनको योगफल खडा गर्यो ।

नेपालका लागि अभिशेष (तिवारी)ले ४३ बलमा दुई छक्कासहित ३० रन बनाए । त्यस्तै विकेटकिपर ब्याटर आशिष लुहारले २३ रनको योगदान गरे । यसैगरी ओपनर साहिल पटेलले १८ र निरज कुमार यादवले १४ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्न मोहम्मद सोबुजले तीन विकेट लिए । त्यस्तै साद इस्लाम, शहरियार अहमद र अजिजुल हाकिमले समान दुई विकेट लिए । शहरियार अल-अमिनको नाममा पनि एक विकेट रह्यो ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकासँग ८ विकेटको पराजय बेहोरेको थियो । बंगलादेशको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई तीन विकेटले हराएको थियो ।

समूह ‘बी’ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले बुधबार अफगानिस्तानसँग खेल्नेछ । त्यही दिन बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धां गर्नेछ ।

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team