फाल्गुन १९, २०८२ मंगलबार | ०६:३६:०७
विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा

यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु-१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो खेलमा पराजय बेहोरेको छ ।

सोमबार दुबईको दि सेभेन्स रंगशालामा नेपाल बंगलादेशसँग सात विकेटले पराजित भयो । नेपालले दिएको १३१ रनको सामान्य लक्ष्य बंगलादेशले २४.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

बंगलादेशको जितमा ओपनर जावद अब्रारले ६८ बलमा चार चौका र तीन छक्कासहित ७० रनको सानदार पारी खेले । त्यस्तै चौथो नम्बरमा आएका कलाम सिद्दिकीले ३४ रनको योगदान गरे । रिजन होस्सनले १२ रन जोडे ।

नेपालका लागि अभिशेष तिवारी र युवराज खत्रीले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१.१ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै मात्र १३० रनको योगफल खडा गर्यो ।

नेपालका लागि अभिशेष (तिवारी)ले ४३ बलमा दुई छक्कासहित ३० रन बनाए । त्यस्तै विकेटकिपर ब्याटर आशिष लुहारले २३ रनको योगदान गरे । यसैगरी ओपनर साहिल पटेलले १८ र निरज कुमार यादवले १४ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्न मोहम्मद सोबुजले तीन विकेट लिए । त्यस्तै साद इस्लाम, शहरियार अहमद र अजिजुल हाकिमले समान दुई विकेट लिए । शहरियार अल-अमिनको नाममा पनि एक विकेट रह्यो ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकासँग ८ विकेटको पराजय बेहोरेको थियो । बंगलादेशको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई तीन विकेटले हराएको थियो ।

समूह ‘बी’ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले बुधबार अफगानिस्तानसँग खेल्नेछ । त्यही दिन बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धां गर्नेछ ।

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||