पुस २८, २०८२ मंगलबार | ०५:०६:४०
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) १९औं संस्करणको मिनि अक्सन आज (मंगलबार) युएईको आबुधाबीमा हुँदैछ । सहभागी १० टिमबीच खेलाडी खरिद गर्न कूल २३७.५५ करोड भारु रहेको छ ।

अक्सनमा विश्वभरबाट १३ सय ९० खेलाडीले नाम दर्ता गराएका थिए । जसलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले घटाएर अन्तिम ३५० खेलाडी सूची सार्वजनिक गरेको छ । तर, ७७ मात्रै खेलाडी खरिद हुनेछन् । ४० खेलाडीको अधिकतम २ करोड मुल्य तोकिएको छ । २२७ खेलाडीको न्युनतम ३० लाख रहेको छ ।

आइपिएल मिनि अक्सनमा केही टिम भने केही खेलाडीको लागि धेरै खर्च गर्ने मनसायमा देखिन्छन् । आइपिएल इतिहासमै ६ खेलाडीलाई १६ करोडमाथि भारु खर्च गरिएको छ । अक्सन इतिहासमा भारतका ऋषभ पन्त सबैभन्दा धेरै २७ करोड भारुमा लखनउ सुपर जायन्ट्समा बिक्री भएका थिए ।

बिसिसिआईले महिला तथा पुरुष आइपिएलमा अक्सन गर्दै आइरहेको छ । यसपटक पनि मिनि अक्सनमा अक्सनकर्ता मल्लिका सागर हुनेछिन् । आइपिएलमा हरेक तीन वर्षमा मेगा अक्सन हुने गरेको छ । जसमा हरेक टिमले ६ खेलाडी रिटेन गर्न पाउँनेछन् । यसबीच मिनि अक्सन दुई पटक हुने गरेको छ ।

आइपिएलमा कोलकाता नाइट राइडर्सले सबैभन्दा धेरै १३ खेलाडी भित्राउन पाउनेछ । टिमले १२ खेलाडीमात्रै रिटेन गरेको थियो । उसले ६ विदेशी खेलाडी नै खरिद गर्नेछ । पंजाव किङ्सले सबैभन्दा कम ४ खेलाडी किन्नेछ । पछिल्लो पटक उपविजेता भएको उसले २१ खेलाडीलाई रिटेन गरेको छ । एक टिममा २२ देखि २५ खेलाडी हुन्ेछन् ।

सबैभन्दा कम खेलाडी रिटेन गरेको कोलकाताको बढी पकेट खर्च रहेको छ । कोलकातासँग ६५.३० करोड भारु रहेको छ । त्यसपछि चेन्नई सुपर किङ्ससँगै ४३.४० करोड भारु छ । मुम्बईसँग सबैभन्दा कम २.७५ करोड छ ।

गत संस्करण पंजावलाई हराउँदै रोयल च्यालेन्जर्स बंैगलुरु च्याम्पियन भएको थियो । 

 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||