मंसिर ३०, २०८२ मंगलबार | १४:५७:०९
हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित

आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) १९औं संस्करणको मिनि अक्सन आज (मंगलबार) युएईको आबुधाबीमा हुँदैछ । सहभागी १० टिमबीच खेलाडी खरिद गर्न कूल २३७.५५ करोड भारु रहेको छ ।

अक्सनमा विश्वभरबाट १३ सय ९० खेलाडीले नाम दर्ता गराएका थिए । जसलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले घटाएर अन्तिम ३५० खेलाडी सूची सार्वजनिक गरेको छ । तर, ७७ मात्रै खेलाडी खरिद हुनेछन् । ४० खेलाडीको अधिकतम २ करोड मुल्य तोकिएको छ । २२७ खेलाडीको न्युनतम ३० लाख रहेको छ ।

आइपिएल मिनि अक्सनमा केही टिम भने केही खेलाडीको लागि धेरै खर्च गर्ने मनसायमा देखिन्छन् । आइपिएल इतिहासमै ६ खेलाडीलाई १६ करोडमाथि भारु खर्च गरिएको छ । अक्सन इतिहासमा भारतका ऋषभ पन्त सबैभन्दा धेरै २७ करोड भारुमा लखनउ सुपर जायन्ट्समा बिक्री भएका थिए ।

बिसिसिआईले महिला तथा पुरुष आइपिएलमा अक्सन गर्दै आइरहेको छ । यसपटक पनि मिनि अक्सनमा अक्सनकर्ता मल्लिका सागर हुनेछिन् । आइपिएलमा हरेक तीन वर्षमा मेगा अक्सन हुने गरेको छ । जसमा हरेक टिमले ६ खेलाडी रिटेन गर्न पाउँनेछन् । यसबीच मिनि अक्सन दुई पटक हुने गरेको छ ।

आइपिएलमा कोलकाता नाइट राइडर्सले सबैभन्दा धेरै १३ खेलाडी भित्राउन पाउनेछ । टिमले १२ खेलाडीमात्रै रिटेन गरेको थियो । उसले ६ विदेशी खेलाडी नै खरिद गर्नेछ । पंजाव किङ्सले सबैभन्दा कम ४ खेलाडी किन्नेछ । पछिल्लो पटक उपविजेता भएको उसले २१ खेलाडीलाई रिटेन गरेको छ । एक टिममा २२ देखि २५ खेलाडी हुन्ेछन् ।

सबैभन्दा कम खेलाडी रिटेन गरेको कोलकाताको बढी पकेट खर्च रहेको छ । कोलकातासँग ६५.३० करोड भारु रहेको छ । त्यसपछि चेन्नई सुपर किङ्ससँगै ४३.४० करोड भारु छ । मुम्बईसँग सबैभन्दा कम २.७५ करोड छ ।

गत संस्करण पंजावलाई हराउँदै रोयल च्यालेन्जर्स बंैगलुरु च्याम्पियन भएको थियो । 

 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team