सहिद स्मारक ‘सी’ डिभिजन लिग क्लब

एन्फाले माग्यो आरसी ३२, बविन र सुमनसँग कागजात

आरसी ३२ फुटबल एकेडेमी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग क्लब आरसी ३२ फुटबल एकेडेमी तथा खेलाडी बविन बोहरा र सुमनबहादुर मगरसँग सम्झौताको कागजातसहितको विवरण माग गरेको छ ।

एन्फा सिइओ इन्द्रमान तुलाधरले उनीहरुलाई पत्र काट्दै मंगलबारसम्म कागजातसहित विवरण उपलबध गराउन भनेका छन् ।

‘बी’ डिभिजन लिगका झापा फुटबल क्लबका सुमनबहादुर मगर र श्री भगवती क्लबका बबिन बोहरालाई खेलाएको भन्दै ९ क्लबले आरसी ३२ माथि कार्वाही गर्न भनेर प्रोटेस्ट हालेका थिए ।

उनीहले एन्फाले आफ्नो माग सुनुवाइ नगरेको भन्दै बैशाख १४ गतेलाई तोकिएको सामाजिक युवा र स्वयम्भू क्लबबीचको खेल अबरुद्ध गरेका थिए । आरसी ३२ लाई कार्वाही गर्ने एन्फासँगको मौखिक सहमतिपछि करिब एक घण्टा ढिलो गरी खेल सुरु भएको थियो ।

आरसी ३२ विरुद्ध सामाजिक युवा, स्वयम्भु, पुल्चोक, मनोहरा युनाइटेड, समाज कल्याण, महावीर, झम्सिखेल, खालीबारी र गोलबजारले प्रोटेस्ट हारेका थिए।