चैत्र १२, २०८२ बिहीबार | १८:१६:२८
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

जोगवनी र सुनसरी क्वार्टरफाइनलमा

विराटनगर । मिल्स कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताकाे तेस्रो संस्करणमा जोगवनीको प्रशान्त क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

विराटनगर जुटमिलको खेलमैदानमा बुधबार जोगवनीले बिसिसीए विराटनगरललाई ६२ रनले र सुनसरीले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले पराजित गरे ।

जोगवनीले प्रस्तुत गरेको २५२ रनको लक्ष्य पछ्याएको विराटनगर १८९ रनमा समेटियो । विराटनगरका अशुतोष सिंहले २४ बलमा ३९, धिरज कामतले, २९ र हर्ष यादवले २१ रन बनाए ।

जोगवनीका लागि अविशेष राजा, नवित, जयन्त कुमारले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जोगवनीले निर्धारित २० ओभरमा आठ  विकेट गुमाउँदै २५१ रनको योगफल तयार पारेको थियो ।

जोगवनीका लागि असिक कुमारले १९ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी यशदर्शन कुमारले ४६, राजा बावुले ३७ बलमा ४४ उत्तम कुमारले अविजित २३ र कोनाइव कुमारले २० रन बनाए ।

विराटनगरका कार्तिक कुमारले तीन, आयुष कुमारले दुई र अशुतोष सिंहले एक विकेट लिए ।

दोस्रो खेलमा सुनसरीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य पछ्याएको आयोजक मिल्स क्रिकेट १८.२ ओभरमा १५५ रनमै समेटियो । मिल्सका लागि गुल्सन कुमारले ३१ बलमा ७१ रनको योगदान गरे । यसैगरी भोला साहले ३० र बुद्रा कुमारले २४ रन बनाए ।

सुनसरीका लागि प्रकाश कार्कीले चार ओभरमा १२ रन खर्चिदै चार विकेट लिए । यसैगरी भुपाल लुईटेलले दुई विकेट हात पारे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६६ रनको योगफल तयार पार्यो । सुनसरीका लागि

रविन मण्डलले ४७ बलमा ८८को योगदान गरे । यसैगरी सविन यादवले २९ र समिरले समिरले १२ रन बनाए ।

मिल्स क्रिकेटको तर्फबाट गुल्सनकुमार राजले चार ओभरमा १५ रन खर्चिदै चार विकेट लिए । यसैगरी पुस्कर झाले तीन र रितेश सिंहले एक विकेट हात पारे ।

बिहीबार हुने पहिलो क्वार्टरफाइनलमा जाेगवनी र विराटनगरको एनबिएससी क्रिकेट क्लब भिड्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो