माघ १७, २०८२ शनिबार | १७:१२:०२
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

जोगवनी र सुनसरी क्वार्टरफाइनलमा

विराटनगर । मिल्स कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताकाे तेस्रो संस्करणमा जोगवनीको प्रशान्त क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

विराटनगर जुटमिलको खेलमैदानमा बुधबार जोगवनीले बिसिसीए विराटनगरललाई ६२ रनले र सुनसरीले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले पराजित गरे ।

जोगवनीले प्रस्तुत गरेको २५२ रनको लक्ष्य पछ्याएको विराटनगर १८९ रनमा समेटियो । विराटनगरका अशुतोष सिंहले २४ बलमा ३९, धिरज कामतले, २९ र हर्ष यादवले २१ रन बनाए ।

जोगवनीका लागि अविशेष राजा, नवित, जयन्त कुमारले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जोगवनीले निर्धारित २० ओभरमा आठ  विकेट गुमाउँदै २५१ रनको योगफल तयार पारेको थियो ।

जोगवनीका लागि असिक कुमारले १९ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी यशदर्शन कुमारले ४६, राजा बावुले ३७ बलमा ४४ उत्तम कुमारले अविजित २३ र कोनाइव कुमारले २० रन बनाए ।

विराटनगरका कार्तिक कुमारले तीन, आयुष कुमारले दुई र अशुतोष सिंहले एक विकेट लिए ।

दोस्रो खेलमा सुनसरीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य पछ्याएको आयोजक मिल्स क्रिकेट १८.२ ओभरमा १५५ रनमै समेटियो । मिल्सका लागि गुल्सन कुमारले ३१ बलमा ७१ रनको योगदान गरे । यसैगरी भोला साहले ३० र बुद्रा कुमारले २४ रन बनाए ।

सुनसरीका लागि प्रकाश कार्कीले चार ओभरमा १२ रन खर्चिदै चार विकेट लिए । यसैगरी भुपाल लुईटेलले दुई विकेट हात पारे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६६ रनको योगफल तयार पार्यो । सुनसरीका लागि

रविन मण्डलले ४७ बलमा ८८को योगदान गरे । यसैगरी सविन यादवले २९ र समिरले समिरले १२ रन बनाए ।

मिल्स क्रिकेटको तर्फबाट गुल्सनकुमार राजले चार ओभरमा १५ रन खर्चिदै चार विकेट लिए । यसैगरी पुस्कर झाले तीन र रितेश सिंहले एक विकेट हात पारे ।

बिहीबार हुने पहिलो क्वार्टरफाइनलमा जाेगवनी र विराटनगरको एनबिएससी क्रिकेट क्लब भिड्नेछन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।