ट्रायथलन एसिया कप र दक्षिण एसियाली च्याम्पियनसिप

ट्रायथलन एसिया कप र दक्षिण एसियाली च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । ट्रायथलनको मेगा इभेन्टका रुपमा रहेको एसिया कपको चौंथो संस्करण तथा दक्षिण एसियाली च्याम्पियनसिप सम्पूर्ण तयारी पूरा भएको छ ।

शुक्रबार आयोजक नेपाल ट्रायथलन संघ (एनटिए)ले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगिता शनिबार र आइतबार पोखराको लेक साइडमा हुनेछ । 

प्रतियोगितामा  १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२  खेलाडीको सहभागिता रहनेछ । नेपालसहित अस्ट्रेलिया, युनाइटेड अरब ईमिरेट्स(युएई), प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्युजिल्यान्ड, लक्जम्बर्ग, जापान, भारत, मरिसस, काजाकस्तान, बंगलोदश र उजेक्विस्तानका खेलाडीले सहभागिता जनाउने छन् ।

विश्व ट्रायथलन र एसिया ट्रायथोलनसँग आबद्ध एनटिएले सन् २०११ देखि नेपालमा ट्रायथलन खेलको विकास र विस्तारका लागि काम गर्दै आएको छ । एनटिएले १०औं संस्करणसम्म दक्षिण एसियाली ट्रायथोलन च्याम्पियनसिपको आयोजनापछि सन् २०१९ देखि एसिया कपको पनि आयोजना हुँदै आएको छ । दुई वर्ष कोरोना महामारीका कारण रोकिएको एसिया कप त्यसपछि निरन्तर हुँदै आएको छ ।