ट्वान्टी २० विश्वकपमा आतकंवादी हमलाको खतरा

ट्वान्टी २० विश्वकपको ट्रफी

काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा हुने आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेटमा आतकंवादी हमलाको खतरा रहेको बताइएको छ । ट्रिनिडाडका प्रधानमन्त्री डा.की रोलीले यसको खुलासा गरेका हुन् ।

ट्रिनिडाड डेलीसँग कुरा गर्दै  प्रधानमन्त्री रोलीले भने, ‘२१ औं शताब्दीमा पनि विभिन्न रूपमा आतकंवादको खतरा कायम रहनु दुर्भाग्यपूर्ण छ । ट्वान्टी २० विश्वकपमा पनि आतकंवादी हमलाको चेतावनी आएको छ।’ तर उनले त्यस्तो चेतावनी कसले दियो भन्नेबारे खुलाएनन् ।

आयाेजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पनि आतकंवादी  हमलाको सम्भावना रहेको बताएको छ । आइसिसीले त्यस्ता कुनै पनि खतरा सामना गर्नका लागि पूर्ण सुरक्षा योजना रहेको जनाएको छ ।

‘सबैको सुरक्षा  प्राथमिकतामा रहेकाले हामीसँग यसका लागि पूर्ण योजना छ । हामी आयोजक मुलुक र स्थानीय प्रशासनसँग निकट रहेर काम गर्दैछौं र हाम्रो नजर कुनै पनि जोखिम हटाउनेतर्फ केन्द्रित हुनेछ,’ आइसिसीले भनेको छ ।  

जुलाई २ देखि सुरु हुने ट्वान्टी २० विश्वकपमा नेपालसहित कुल २० टोली सहभागी हुँदैछन् । प्रतियोगिता वेस्ट इन्डिजका ६ र अमेरिकाका तीन सहरमा हुनेछ ।

स्रोतलाई उद्धृत गर्दै क्रिकइन्फोले जनाए अनुसार वेस्ट इन्डिजमा हुने खेलमा सुरक्षा खतरा आकलन गरिएको छ ।