काठमाडौं । च्याम्पियन नेपाल एपिएफ क्लबकी कप्तान सीता रानामगर ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएकी छन् ।
सीताले प्रतियोगिताका पाँच खेलमा दुई अर्धशतकसहित १४२ रन बनाउनुका साथै चार विकेट पनि लिइन् ।
यस्तै उपविजेता सुदुरपश्चिम प्रदेशकी सम्झना खड्का उत्कृष्ट ब्याटर चुनिइन् । उनले पाँच खेलमा दुई अर्धशतकसहित १५६ रन बनाइन् ।

ललितपुर मेयर-११ की किर्तिका मरासिनी उत्कृष्ट बलर घोषित भइन् । उनले चार खेलमा ११ विकेट हात पारिन् ।
सीताले २५ हजार रुपैयाँ प्राप्त गरिन् । सम्झना र किर्तिकाले जनही १५ हजार रुपौयाँ पाए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमविरुद्ध दुई रनको रोमाञ्चक जित निकाल्दै एपिएफ लगातार चौथो पटक च्याम्पियन बनेको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
