माघ १७, २०८२ शनिबार | ००:५४:४५
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

‘सी’ डिभिजन लिगः आजबाट नवौं चरण सुरु हुँदै

आरसी ३२ फुटबल एकेडेमी

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगको नवौं चरण आइतबारदेखि सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार नवौं चरणका दुई खेल हुँदैछन् ।

दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा आरसी ३२ फुटबल एकेडेमी र गोलबजार स्पोर्टस क्लब आमने सामने हुँदैछन् । यसैगरी दिउँसो ४ बजे हुने खेलमा झम्सिखेल युवा क्लब र मनोहरा युनाइटेड भिड्दै छन् ।

आठौं चरणको खेल सकिँदा बागमती युवा क्लब १७ अंकका साथ शीर्ष स्थानमा छ ।

बागमतीलाई पुल्चोक स्पोर्टस क्लब र आरसी ३२ ले समान १६ अंकका साथ पछ्याइ रहेका छन् । समान अंक रहे पनि गोल अन्तरको आधारमा पुल्चोक दोस्रो र आरसी ३२ तेस्रो स्थानमा छन् ।

यता समान पाँच अंकका साथ स्वयम्भू क्लब र गोल बजार स्पोर्टस क्लब रेलिगेशन क्षेत्रमा छन् ।

रोशन र सिरबबीच कडा प्रतिस्पर्धा

आठौं चरणको समाप्तीमा समाज कल्याण खेलकुद केन्द्रका रोशन क्षेत्री र पुल्चोकका सिरबलो तामाङ उच्च गोलकर्ता बन्न कडा प्रतिस्पर्धा चलिरहेको छ ।

दुवैले समान ६ गोल गरेका छन् । यसैगरी सानेपाका पेम्बादोर्जे लामाले पाँच गोल गर्दा पुल्चोकका सागर थिङ र सुमन श्रेष्ठ तथा मनोहरा युनाइटेडका आविश्कार खड्काको नाममा समान चार गोल छ ।

चौथो चरणमा सबैभन्दा धेरै गोल

जारी लिगमा आठ चरणका ५६ खेल सकिँदा २.४६ को औसतमा १३८ गोल भएका छन् ।

त्यसमध्ये चौथो चरणमा सबैभन्दा धेरै गोल २२ गोल भए । पहिलो र पाँचौं चरणमा समान २०, दोस्रो, तेस्रो र सातौं चरणमा समान १७, छैटौं चरणमा १३ तथा सबैभन्दा कम आठौं चरणमा १२ गोल भए ।

औसतमा चौथो चरणमा सबैभन्दा धेरै ३.१४ गोल भयो । पहिलो र पाँचौं चरणमा समान २.८६ गोल हुँदा दोस्रो, तेस्रो र सातौं चरणमा समान २.४३ गोल भए । यसैगरी छैटौं चरणमा १.८६ र सबैभन्दा कम आठौं चरणमा १.७१ को औसतमा गोल भयो ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।