चैत्र ७, २०८२ शनिबार | १७:३०:३६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

‘सी’ डिभिजन लिगः आजबाट नवौं चरण सुरु हुँदै

आरसी ३२ फुटबल एकेडेमी

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगको नवौं चरण आइतबारदेखि सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार नवौं चरणका दुई खेल हुँदैछन् ।

दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा आरसी ३२ फुटबल एकेडेमी र गोलबजार स्पोर्टस क्लब आमने सामने हुँदैछन् । यसैगरी दिउँसो ४ बजे हुने खेलमा झम्सिखेल युवा क्लब र मनोहरा युनाइटेड भिड्दै छन् ।

आठौं चरणको खेल सकिँदा बागमती युवा क्लब १७ अंकका साथ शीर्ष स्थानमा छ ।

बागमतीलाई पुल्चोक स्पोर्टस क्लब र आरसी ३२ ले समान १६ अंकका साथ पछ्याइ रहेका छन् । समान अंक रहे पनि गोल अन्तरको आधारमा पुल्चोक दोस्रो र आरसी ३२ तेस्रो स्थानमा छन् ।

यता समान पाँच अंकका साथ स्वयम्भू क्लब र गोल बजार स्पोर्टस क्लब रेलिगेशन क्षेत्रमा छन् ।

रोशन र सिरबबीच कडा प्रतिस्पर्धा

आठौं चरणको समाप्तीमा समाज कल्याण खेलकुद केन्द्रका रोशन क्षेत्री र पुल्चोकका सिरबलो तामाङ उच्च गोलकर्ता बन्न कडा प्रतिस्पर्धा चलिरहेको छ ।

दुवैले समान ६ गोल गरेका छन् । यसैगरी सानेपाका पेम्बादोर्जे लामाले पाँच गोल गर्दा पुल्चोकका सागर थिङ र सुमन श्रेष्ठ तथा मनोहरा युनाइटेडका आविश्कार खड्काको नाममा समान चार गोल छ ।

चौथो चरणमा सबैभन्दा धेरै गोल

जारी लिगमा आठ चरणका ५६ खेल सकिँदा २.४६ को औसतमा १३८ गोल भएका छन् ।

त्यसमध्ये चौथो चरणमा सबैभन्दा धेरै गोल २२ गोल भए । पहिलो र पाँचौं चरणमा समान २०, दोस्रो, तेस्रो र सातौं चरणमा समान १७, छैटौं चरणमा १३ तथा सबैभन्दा कम आठौं चरणमा १२ गोल भए ।

औसतमा चौथो चरणमा सबैभन्दा धेरै ३.१४ गोल भयो । पहिलो र पाँचौं चरणमा समान २.८६ गोल हुँदा दोस्रो, तेस्रो र सातौं चरणमा समान २.४३ गोल भए । यसैगरी छैटौं चरणमा १.८६ र सबैभन्दा कम आठौं चरणमा १.७१ को औसतमा गोल भयो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो