सहिद स्मारक ‘सी’ डिभिजन लिग

खालीबारीको कठिन जित

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार खालीबारी युवा क्लबले पुल्चोक स्पोर्टस क्लबविरुद्ध १-० को फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा खालीबारीलाई जित दिलाउन मार्बल सुनुवारले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

जितसँगै ६ खेलमा आठ अंक जोडेको खालीबारी सातौं स्थानमा उक्लिएको छ । पराजित पुल्चोक समान खेलबाट १२ अंकका साथ तेस्रो स्थानमा छ ।

मार्बलले खेलको २६औं  फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे। पुल्चोकका सुमित मल्लले बिनाम थजालीलाई पेनाल्टी बक्स नजिकै लडाएपछि खालीबारीले फ्रिकिको अवसर प्राप्त गरेको थियो ।