माघ १७, २०८२ शनिबार | ००:२२:२२
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

तेस्रो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । ट्वान्टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो तथा अन्तिम अभ्यास  खेलमा शनिबार ६७  रनले पराजित भएको छ।

नेपालले यसअघिका दुई खेलमा चार विकेट र ४९ रनको जित निकालेको थियो ।

विनवार्ड्सले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको नेपाल १७.२ ओभरमा १३८ रनमा समेटियो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी आसिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन बनाए ।

विनवार्ड्सका लागि डारेन निडकेभिम होड्जले समान तीन तथा निक्टस रेडहेड र डिन ब्राउनले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको विनवार्ड्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै २०५ रनको योगफल तयार पार्यो । विनवार्ड्सकालागि डिलोन डोग्लसले ३२ बलमा ५६ र शादरेक डेसकार्टले २७ बलमा ५५ रन जोडे ।

नेपालका लागि कमलसिंह ऐरीले चार, सोमपाल कामीले तीन तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले समान एक विकेट लिए ।

अब नेपाली‌ टोली अमेरिका जानेछ । टोलीले ह्युस्टनमा मे २२ र २३ मा अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले डालसमा क्यानाडासँग‌ मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच खेल्नेछ। 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।