चैत्र १२, २०८२ बिहीबार | १६:०५:०४
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

तेस्रो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । ट्वान्टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो तथा अन्तिम अभ्यास  खेलमा शनिबार ६७  रनले पराजित भएको छ।

नेपालले यसअघिका दुई खेलमा चार विकेट र ४९ रनको जित निकालेको थियो ।

विनवार्ड्सले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको नेपाल १७.२ ओभरमा १३८ रनमा समेटियो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी आसिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन बनाए ।

विनवार्ड्सका लागि डारेन निडकेभिम होड्जले समान तीन तथा निक्टस रेडहेड र डिन ब्राउनले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको विनवार्ड्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै २०५ रनको योगफल तयार पार्यो । विनवार्ड्सकालागि डिलोन डोग्लसले ३२ बलमा ५६ र शादरेक डेसकार्टले २७ बलमा ५५ रन जोडे ।

नेपालका लागि कमलसिंह ऐरीले चार, सोमपाल कामीले तीन तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले समान एक विकेट लिए ।

अब नेपाली‌ टोली अमेरिका जानेछ । टोलीले ह्युस्टनमा मे २२ र २३ मा अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले डालसमा क्यानाडासँग‌ मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच खेल्नेछ। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो