माघ १९, २०८२ सोमबार | ०५:१७:१०
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

चेल्सी लगातार पाँचौं पटक वुमन्स सुपर लिग च्याम्पियन

काठमाडौं । अन्तिम खेलमा घरेलु टोली म्यानचेस्टर युनाइटेडविरुद्ध ६-० को फराकिलो जित निकाल्दै चेल्सी लगातार पाँचौं पटक वुमन्स सुपर लिगको च्याम्पियन बनेको छ ।

ओल्ड ट्राफोर्डमा शनिबार चेल्सीलाई जित दिलाउन मायरा रामिरेजले दुई तथा जोहाना राइटिङ क्यानेरिड, स्जोक नुस्केन,मेलानी ल्युपोल्ज र फ्रान किर्बीले समान एक गोल गरे ।

जितसँगै चेल्सीले २२ खेलमा ५५ अंक जोड्यो । म्यानचेस्टर सिटीसँग समान अंक भए पनि गोल अन्तरमा अगाडि रहँदा चेल्सी च्याम्पियन बनेको हो । पराजित युनाइटेड समान खेलबाट ३५ अंकका साथ पाँचौं स्थानमा रह्यो ।

खेलको दोस्रो मिनेटमै रामिरेजको गोलमार्फत चेल्सीले अग्रता लियो । ६ मिनेटपछि क्यानेरिडले टोलीको अग्रता दोब्बर बनाइन् ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा नुस्केनले चेल्सीका लागि तेस्रो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा रामिरेजले ब्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४-० ले अगाडि बढाइन् ।

ल्युपोल्जले ४७ र किर्बीले ८५औं मिनेटमा गोल गर्दा चेल्सीले ६-० को फराकिलो जित निकाल्यो ।

चेल्सी समग्रमा सातौं पटक वुमन्स सुपर लिग च्याम्पियन बनेको हो ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।