चैत्र ८, २०८२ आइतबार | ०९:१७:०८
शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती

एपिएफ लगातार चौथो पटक च्याम्पियन

तस्विरः क्यान

काठमाडौं । सुदूरपश्चिम प्रदेशविरुद्ध दुई रनको रामोञ्चक जित निकाल्दै नेपाल एसपिएफ क्लब लगतार चौथो पटक ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा एपिएफले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै १५३ रन बनाउन सक्यो ।

कविता जोशीले ४५ बलमा सात चौका र तीन छक्काको मद्दतले अविजित ६७ रन बनाए पनि सुदूरपश्चिमलाई जित दिलाउन सकिनन् । यसैगरी लक्ष्मी साउदले अविजित २९, कप्तान विन्दु रावलले १९, सावित्री धामीले १२ र सम्झाना खड्काले १० रन बनाए ।

तस्विरः क्यान

सुदूरपश्चिमलाई अन्तिम ओभरमा ६ रन आवश्यकता थियो, तर रेखा रावलले उत्कृष्ट बलिङ गर्दै मात्र तीन रन खर्चिएपछि एपिएफ च्याम्पियन बन्यो ।

छैटौं विकेटका लागि कविता र लक्ष्मीले अविजित १०४ रनको साझेदारी गरे । एपिएफका लागि करुणा भण्डारीले दुई र सुमन विष्टले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५५ रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि कप्तान सीता रानामगरले ५५ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ७४ रनको योगदान दिइन् । यसैगरी राजमति ऐरीले ४७ बलमा सात चौकाको मद्दतले ५० र ममता चौधरीले अविजित १० रन बनाए ।

तस्विरः क्यान

पहिलो विकेटका लागि सीता र राजमतिले ९१ रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि ऋतु कनोजिया, विन्दु रावल र राधिका पुजाराले समान एक विकेट लिए ।

विजेता एपिएफले ३ लाख र उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । 

लिग चरणबाट एपिएफ शीर्ष सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगिताको चौथो संस्करणमा नेपाल एपिएफ क्लब, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र ललितपुर मेयर-११ गरी पाँच टोलीको सहभागिता थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो