माघ १८, २०८२ आइतबार | ११:३०:४३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एपिएफ लगातार चौथो पटक च्याम्पियन

तस्विरः क्यान

काठमाडौं । सुदूरपश्चिम प्रदेशविरुद्ध दुई रनको रामोञ्चक जित निकाल्दै नेपाल एसपिएफ क्लब लगतार चौथो पटक ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा एपिएफले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै १५३ रन बनाउन सक्यो ।

कविता जोशीले ४५ बलमा सात चौका र तीन छक्काको मद्दतले अविजित ६७ रन बनाए पनि सुदूरपश्चिमलाई जित दिलाउन सकिनन् । यसैगरी लक्ष्मी साउदले अविजित २९, कप्तान विन्दु रावलले १९, सावित्री धामीले १२ र सम्झाना खड्काले १० रन बनाए ।

तस्विरः क्यान

सुदूरपश्चिमलाई अन्तिम ओभरमा ६ रन आवश्यकता थियो, तर रेखा रावलले उत्कृष्ट बलिङ गर्दै मात्र तीन रन खर्चिएपछि एपिएफ च्याम्पियन बन्यो ।

छैटौं विकेटका लागि कविता र लक्ष्मीले अविजित १०४ रनको साझेदारी गरे । एपिएफका लागि करुणा भण्डारीले दुई र सुमन विष्टले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५५ रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि कप्तान सीता रानामगरले ५५ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ७४ रनको योगदान दिइन् । यसैगरी राजमति ऐरीले ४७ बलमा सात चौकाको मद्दतले ५० र ममता चौधरीले अविजित १० रन बनाए ।

तस्विरः क्यान

पहिलो विकेटका लागि सीता र राजमतिले ९१ रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि ऋतु कनोजिया, विन्दु रावल र राधिका पुजाराले समान एक विकेट लिए ।

विजेता एपिएफले ३ लाख र उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । 

लिग चरणबाट एपिएफ शीर्ष सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगिताको चौथो संस्करणमा नेपाल एपिएफ क्लब, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र ललितपुर मेयर-११ गरी पाँच टोलीको सहभागिता थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।