चैत्र ८, २०८२ आइतबार | १८:०६:१४
निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो

पोखरा साइकल दौड: प्रकाश र उषा च्याम्पियन

पोखरा । तेस्रो पोखरा साइकल दौड प्रतियोगिमा शनिबार प्रकाश थापामगर र उषा खनाल च्याम्पियन भएका छन् ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा प्रकाश पुरुष तथा उषा महिलातर्फ पहिलो भए ।

पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा प्रकाशले निर्धारित २८ किलोमिटर दूरी १ घन्टा ३७ मिनेट १३ सेकेन्ड र पूरा गरेको समितिका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए ।

 एक घन्टा ३९ मिनेट २३ सेकेन्डका साथ सुरज रानामगर दोस्रो र १ घन्टा ४३ मिनेट ५८ सेकेन्डको समय निकाल्दै हिमाल टमाटा तेस्रो भए ।

यसैगरी अच्युतकृष्ण खरेल चौथो र लक्ष्मण मल्ल पाँचौं स्थानमा रहे । अच्युतले १ घन्टा ४८ मिनेट १० सेकेन्ड र लक्ष्मणले १ घन्टा ५२ मिनेट ५१ सेकेन्डमा दौड पुरा गरेका थिए ।

महिलातर्फ च्याम्पियन उषाले निर्धारित २० किलोमिटर १ घन्टा ३९ मिनेट १० सेकेन्डमा पार गरिन् ।

हुमी बुढामगर दोस्रो र इन्द्रकुमारी तामाङ तेस्रो स्थान हासिल गरे । हुमीले १ घन्टा ४० मिनेट ११ सेकेन्ड र इन्द्रले १ घन्टा ५९ मिनेट १ सेकेन्डमा दौड पूरा गरेका थिए ।

यस्तै सोफिया विक चौथो र प्रेमा परियार पाँचौं स्थानमा रहे । निर्धारित दुरी पार गर्न सोफियाले २ घन्टा २१ मिनेट १२ सेकेन्ड र प्रेमाले २ घन्टा ३९ मिनेट ३ सेकेन्ड खर्चिए।

प्रतियोगितामा महिला/पुरुषतर्फ शीर्ष पाँचमा रहनेले क्रमशः ५०, ३० र २०, १०,५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बने । उनीहरुले १०/१० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

पोखरा महानगरपालिका १७ र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना र नेपाल साइक्लिङ संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा  तियोगिता महिलार पुरुष साइकल दौ‌ड र ‘रन फर फन’ गरेर तीन विधा समावेश  गरिएको थियो ।

 पोखरा-१७ पावरहाउसबाट सुरु भएको दौड महतगौँडा, दोबिल्ला झोलुङ्गे पुल, पोखरा २१ फेदीपाटन, खर्स्याङ , निर्मलपोखरी,  फेदीपाटन, दम्सादी हुँदै पावरहाउसमै आएर टुंगिएको थियो ।  

कास्की जिल्ला साइक्लिङ संघ र नेपाल साइक्लिङ संघको पहलमा प्रतियोगिताको लागि यो नयाँ रुट तय भएको हो ।

विजेतालाई गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, पोखरा-१७ की वडाध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी लगायतले पुरस्कार हस्तान्तरण गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो