जयकुमार नाथ शाह स्मृति यु-१६ क्रिकेट

शतप्रतिशत जितसहित डिएभी सेमिफाइनलमा

काठमडौं ।  समूह चारणमा शतप्रतिशत जितसहित डिएभी स्कुल जयकुमार नाथ शाह स्मृति यु-१६ ट्वान्टी २० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरको छ ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा सोमबार डिएभीले  ग्यालेक्सी पब्लिक स्कुलविरुद्ध ५५ रनको जित निकाल्यो ।

लगातार तेस्रो जितसँगै तीन खेलमा ६ अंक जोडेको डिएभी समूह ‘बी’ को शीर्ष स्थानमा रह्यो । तीनै खेलमा पराजित ग्यालेक्सी अंकविहिन बन्यो ।

कमल शाही

डिएभीले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याएको ग्यालेक्सी १७.२ ओभरमा ६२ रनमै समेटियो । ग्यालेक्सीका लागि दीपेश गुप्ताले ३० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

डिएभीका लागि किर्तिक ज्ञावलीले तीन तथा सुब्रत मलिक र कमल शाहीले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको डिएभीले २० ओभरमा सात विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो । डिएभीका लागि कमल शाहीले ३७ प्रशिद्ध जैसीले २७ रन बनाए ।

ग्यालेक्सीका लागि सुजित नेपालले दुई तथा रुद्राक्ष शर्मा र आतिफ खानले समान एक विकेट लिए ।