इन्डियन प्रिमियर लिग

पाथिरानाले आइपिएल गुमाउने

काठमाडौं । चेन्नइ सुपर किंग्सका श्रीलंकन बलर मथिशा पाथिरानाको इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी खेल गुमाउने भएका छन्।

ह्यामस्ट्रिङको चोट बल्झिएका कारण उनी श्रीलंका फर्किएको चन्नईले बताएको छ । 

पाथिरानाले आइपिएलको जारी सिजनमा ६ खेल खेल्दा १३ विकेट लिए । उनी चेन्नइका लागि मुस्ताफिजुर रहमान (१४) पछि सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

पाथिरानाले पछिल्लो पटक अप्रिल २८ मा सनराइजर्स हैदराबादविरुद्ध खेलेका थिए । उक्त खेलमा उनले दुई ओभर बलिङ गर्दै १७ रन खर्चिएर दुई विकेट लिए ।

बंगलादेशविरुद्धको शृंखलामा ह्यामस्ट्रिङको समस्याबाट गुज्रिएका पाथिरानाले चेन्नइको पहिलो खेल पनि गुमाएका थिए ।

चेन्नइले बाँकी खेल आफ्ना दुई प्रमुख बलरविनै खेल्नुपर्ने भएको छ । रहमान पनि जिम्बावेविरुद्धको शृंखलाका लागि बंगलादेश फर्किइसकेका छन्

चेन्नइ हाल ११ खेलमा १२ अंकका साथ तेस्रो स्थानमा छ ।